पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १३ मा विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ । UMN रुकम कलस्टर र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो बातावरण तथा आर्थिक विकास परियोजनाको सहयोगमा भएका विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक नरपुरा बुढा पुनको संयोजकत्वमा अनुगमन सम्पन्न भएको हो ।
अनुगमनमा UMN रुकुम पूर्व कलस्टर परियोजना व्यवस्थापक सुरज स्वनार, मिक नेपाल अध्यक्ष ललिता बुढा मगर, पुथा उत्तरगङ्गा गाउँपालिका निमित्त कार्यालय प्रमुख समीर गिरी, शिक्षा शाखा प्रमुख राम प्रसाद खड्का, पशु शाखा प्रमुख भिम प्रकाश केसी, भौतिक शाखा प्रमुख इन्द्रजित गामी, दिगो बाताबरण तथा आर्थिक विकास परियोजना संयोजक उत्तम बि.क. लगाएको उपस्थितिमा उनगमन भएको थियो ।

UMN रुकुम कलस्टर रुकुम पूर्व र मिक नेपालको साझेदारी सञ्चालित दिगो बाताबरण तथा आर्थिक विकास परियोजनाले पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १३ मा बाख्रा पालन, किराणा पसल सञ्चालन, खानेपानी निर्माण लगायतका क्षेत्रहरुमा सहयोग गरेको परियोजना संयोजक उत्तम वि.क. ले बताउनुभयो । संयोजक वि.क. का अनुसार १ जना शारीरिक अपाङ्गता भएका व्यक्तिको लागि अपाङ्ग मैत्री शौचालय निर्माण गरि उसको जिविकोपार्जनमा सहजता पुर्याउन हुल्चिएर सँगै किराणा पसल सञ्चालनमा समेट सहयोग गरिएको छ ।
दिगो बाताबरण तथा आर्थिक विकास परियोजनाको सहयोग पाएपछि समयको बचत भएको लाभग्राही गिता सुनारले बताउनुभयो । लाभग्राही सुनारका अनुसार पहिले खानेपानी लिन करिब १ घण्टा लाग्दा अरु कामको लागि समय व्यवस्थापन गर्न गाह्रो रहेको थियो । परियोजनाको सहयोगले अहिले घर आगनमै पानी भर्न पाउँदा समयको बचत भएको लाभग्राही सुनारले बताउनुभयो ।
यस्तै शारीरिक अपाङ्ग भएका गुमान रसाइलीले परियोजनाको सहयोग पछि आफ्नो जिविकोपार्जन आफै गरिरहेका छन । पहिले दोस्रो व्यक्तिको साहारामा चलिरहेका रसाइली हाल परियोजनाको सहजीकरणमा हुल्चिएर प्राप्त गरेका छन भने परियोजनाले उनलाई किराणा पसल सञ्चालन र अपाङ्ग मैत्री शौचालय निर्माणमा सहयोग गरेको थियो ।
UMN रुकुम पूर्व र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो बाताबरण तथा आर्थिक विकास परियोजनाले गरिबिको रखामुनी रहेका नागरिकहरुलाई विभिन्न जिविकोपार्जन व्यवसायमा सहयोग गर्दै आएको छ ।








