रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले पालिका भरीका सामुदायीक तथा संस्थागत विद्यालयमा एउटै पिटी प्राथाना गर्ने भएको छ ।“शैक्षिक गुणस्तर वृद्धिमा पिटि प्रार्थना हाम्रो सस्कारः अनुशासन, आचारण र शिक्षाको बलियो आधार“ भन्ने मुला नारा सहित गाउँपालिका भरीका विद्यालयमा एउटै पिटी प्रार्थनाको अभ्यास गर्न लागिएको हो ।
गाउँपालिकाले सबै सामुदायीक तथा संस्थागत विद्यालयमा पिटी प्रार्थना गर्नको लागि प्रशिक्षक क्षमता विकास तालिम सञ्चालन गरेको थियो । जेष्ठ ३० गते बाट सञ्चालन भएको कार्यक्रम असार १ गते एक औपचारिक कार्यक्रम गर्दै सम्पन्न भएको थियो । तालिममा ४४ विद्यालयबाट प्रधानाध्यापक शिक्षक प्रतिनिधि र विद्यार्थी गरि १२५ जना सहभागी भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । शाखा प्रमुख खड्काका अनुसार पिटी प्रार्थना क्षमता विकास तालिमका उत्कृष्ट ४ सहभागीलाई पुरस्कृत गरिएको थियो ।
बिहानीको पिटी प्रार्थनाले विद्यार्थीलाई अनुशासनमा रहन मदत गर्ने पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले बताउनुभयो । पिटी प्रार्थना क्षमता विकास तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीमा अनुशासन भएन भने ज्ञान हासिल गर्न कठिन हुने अधिकृत वि.क. ले बताउनुभयो । गाउँपालिका भरी एउटै पिटी प्रार्थना गर्दा एकरुपता पनि कायम हुने र दैनिक बिहानी पिटी प्रार्थनाबाट विद्यार्थीको डिमागमा सकारात्मक सन्देश फैलाउने हेतुले पिटी प्रार्थना लागु गर्न लागेको अधिकृत वि.क.ले बताउनुभयो ।
पुथा उत्तरगङ्गा गाउँपालिकाको शैक्षिक सुधारका निम्ति विभिन्न अभ्यास मध्य पिटी प्रार्थना पनि एक अभ्यास रहेको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । पिटी प्रार्थना क्षमता विकास तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पिटी प्रार्थनाले अनुशासन सँगसँगै स्वास्थ्यमा पनि सुधार आउने अध्यक्ष घर्ती मगरले बताउनुभयो । क्षमता विकास तालिममा सहभागी शिक्षकहरुले अनिवार्य रुपमा आ-आफ्नो विद्यालयमा पिटी प्रार्थनाको लागु गर्न गाउँपालिका अध्यक्षले निर्देशन समेट दिनुभएको थियो । गाउँपालिकाको शैक्षिक सुधारको निम्ति गाउँपालिका लागि परेको अध्यक्ष घर्तीले बताउनुभयो ।
गाउँपालिकाले पिटी प्रार्थनाको लागि आफ्नै म्यूजिक धुन समेट निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको अध्यक्षतामा भएको पिटी प्रार्थना क्षमता विकास तालिम समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क., वडा नं. २ का वडा अध्यक्ष जगत घर्ती, ३ का वडा अध्यक्ष बम बहादुर बुढा, शिक्षक महासंघ पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष दिपक बुढा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन महेन्द्र माद्यामिक विद्यालयका शिक्षक नवराज शिर्पालीले गर्नुभएको थियो ।








