लुम्बिनी प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न


लुम्बिनी प्रदेशकै दुर्गम गाउँपालिका पुथा उत्तरगङ्गा गाउँपालिका तकसेरामा प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य काहकार्य कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीको अध्यक्षतामा भएको सहकार्य कार्यक्रममा  उप सभामुख मेनुका खाँड के.सी., प्रदेश मामिला तथा कानुन समिति सभापति दिलु कुमारी बुढा, प्रदेश सभा सदस्य सुरुल पुन र धन हादुर के.सी., रुकुम पूर्व जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठ, पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ. सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, रुकुम पूर्वका तिन वटै स्थानीय तहका उपाध्यक्षहरु, पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. भुमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देविलाल वि.क., सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी लगायतको उपस्थित रहेको थियो ।

 

कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रममा रुकुम पूर्वका तिन वटै स्थानीय तहका अध्यक्षहरुले गाउँपालिकाको अवस्था र चुनौतीहरुको विषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो भने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतहरुले गाउँपालिकामा तयार भएका ऐन,कार्यविधि, निर्देशिका तथा मापदण्डको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

जिल्ला मै पहिलो पटक भएको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रममा स्थानीय तहले राखेका समस्या चुनौती लगायतका विषयमा लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले स्थानीय सहरकारको काम,कर्तव्य,अधिकार, सभा सञ्चालनको प्रणाली, कानुन निर्माण प्रकृया लगायको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश सभा सचिवायको आयोजना मा सञ्चालन भएको प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रमको स्वागत मन्तव्य लुम्बिनी प्रदेश सभा उप सभामुख मेनुका खाँड के.सी. ले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश सभा कानुन अधिकृत राधा रोकाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार