रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमले हात पारेको छ । त्रिवेणी गाउँपालिका रुकुम पश्चिम र पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व बिच भएको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टिमले नै उपाधी हात पारेको हो । पहिलो चरणको खेलमा पुथा उत्तरगङ्गा गाउँपालिकाले २३३ रन लिदै १०७ रनको अन्तरमा जित हासिल गरेको थियो भने दोस्रो चरनमा पनि २०९ रन लिदै ९७ रनको अन्तरले जित हासिल गरेको थियो । यस्तै आयोजक टिमका ऋतेष बुढाथोकीले १०० रन जोड्दै उत्कृष्ट खेलाडीको उपाधी हात पार्नुभएको छ ।
समन्वय र सहकार्यका लागि अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले बताउनु भयो ।क्रिकेट प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम पश्चिम र रुकुम पूर्व भौगोलिक रुपले छुट्टिएता पनि भावनात्मक रुपमा एकरुपता ल्याउन क्रिकेट प्रतियोगिताको आयोजना गरेको अधिकृत वि.क. ले बताउनु भयो ।
विशेष गरी तराईमा मात्र केन्द्रिकृत भएको क्रिकेट प्रतियोगितालाई हिमाली जिल्लामा प्रतियोगिताको रुपमा भित्राउन पुथा उत्तरगङ्गा गाउँपालिकाको योगदान रहेको सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बुढाथोकीले बताउनु भयो । क्रिकेट प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै गत हप्ता भुमे गाउँपालिकाको आयोजनामा सम्पन्न भएको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुनुमा पुथा उत्तरगङ्गा गाउँपालिकाको पहल कदमी रहेको अधिकृत बुढाथोकीले बताउनु भयो ।
एक स्थनीय तह र अर्को स्थानीय तहका कर्मचारीहरुको समन्वय र सहकार्य गर्ने माध्यम मध्य खेलकुद पनि रहेको पुथा उत्तरगङ्गा गाउँपालिका प्रवक्ता टिकासाई घर्ती मगरले बताउनुभयो । प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीहरुले एक आपसमा समन्वय र सहकार्य गर्दै कार्यसम्पादन सँगसँगै खेलक्षेत्रलाई पनि उचाइमा पुर्याउनु पर्ने प्रवक्ता घर्तीमगरले बताउनुभयो ।
त्रिवेणी गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वय र सहकार्यकालागि आयोजित अन्तरपालिका स्तरीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता पुथा उत्तरगङ्गा गाउँपालिका प्रवक्ता टिकासाई घर्तिमगरको अध्यक्षतामा सञ्चालन भएको थियो । प्रतियोगितामा सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बुढाथोकी र भुमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देविलाल वि.क. विशेष अतिथ्यता रहेको हुदा अतिथिमा पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० का अध्यक्ष भरत बुढा मगर, अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता संयोजक समिर गिरी, त्रिवेणी गाउँपालिका क्रिकेट क्लवका अध्यक्ष प्रमे प्रकाश मल्ल, एम्पाएरहरु कमल पोखरेल र प्रडिप यादप लगाएतको उपस्थित रहेको थियो भने स्वागत मन्तव्य पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.ले दिदा कार्यक्रमको सञ्चालन हिक्मत पोर्तेलले गर्नुभएको थियो ।








