रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको दोस्रो गाउँसभाको १९ औं अधिबेशन सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अध्यक्षको अध्यक्षतामा भएको १९ औं अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन विधेयक २०८१, भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विद्येयक २०८१, पर्यटन प्रवर्द्धन विद्येयक २०८१, वन संरक्षण विद्येयक २०८१ लगायतका अन्य विद्येयकहरु पास गरेको छ । साथै अधिवेशनबाट बेरुजु फछ्र्यौट, बजेट शिर्षकान्तर तथा रकममान्तर र पुथा उत्तरगङ्गा गाउँपालिकाका सम्पूर्ण वडालाई विशेष पहिचान युक्त क्षेत्र घोषणा लगायतका विषयमा समेट निर्णय भएको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिका नव निर्वाचित उपाध्यक्षको स्वागत मन्तव्य रहेको अधिवेशनमा शुभकामना मन्तव्य पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले गर्नु भएको थियो ।








