जनजागरण मण्ञद्वारा पुथा उत्तरगङ्गा गाउँपालिकालाई स्वास्थ्य तथा सरसफाई नीति हस्तान्तरण


युनाइटेड मिसन टु नेपाल रुकुम क्लष्टरको साझेदारी संस्था नेपाल जनजागरण मञ्च द्वारा सञ्चालित सामुदायिक रुपान्तरण (प्रोयाक्ट) परियोजनाकाले तयार गरेको स्वास्थ्य तथा सरसफाई नीति पुथा उत्तरगङ्गा गाउँपालिकाई हस्तान्तरण गरिएको छ । मञ्चले एक कार्यक्रमका बिच परियोजना कार्यक्रम निर्देशक रण बहादुर परियार मार्फत पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. लाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा मञ्चको तर्फबाट परियोजना कार्यक्रम निर्देशक (ED ) रण बहादुर परियार, कार्यक्रम संयोजक (PC )अन्सु पुन,सामाजिक परिचालक (sm )पृथी बहादुर छन्त्याल, र अपाङ्गता पुर्न स्थापना परियोजना सयोजक निदान बुढा मगर यस्तै पुथा उत्तरगङ्गा गाउँपालिकाको तर्फ प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. स्वास्थ्य शाखा प्रतिनिधि भिमसेन डाँगी, स्वास्थ्य चौँकी राङ्सीका इन्चार्ज झकविर विष्ट लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले मानसिक रोग सम्बन्धि उत्कृष्ट काम गर्दै आएको हुदा हाल पुथा उत्तरगङ्गा गाउँपालिकामा ४ वटा वडामा कार्यक्रम सञ्चालन भएकोमा आगामी वर्षहरुमा गाउँपालिका भरी सञ्चालन गर्न पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.ले अनरोध गर्नुभयो । गाउँपालिकाको तर्फबाट गर्ने सम्पूर्ण सहयोग गर्न आफू प्रतिबद्ध रहेकोले संस्थाले पनि सबै वडा मा कार्यक्रम विस्तार गरेपछि हरेक वडाका मानसिक समस्या पहिचान हुने र उपचार गर्न सहज हुने अधिकृत वि.क.ले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार