• स्थानीय स्तरबाट समाजवादको आधार तयार पार्न ।
• एक घर एक करेसाबारी र एक घर एक फलफूल बगैँचा निर्माण गर्न ।
• संस्कृति र प्रकृक्तिमा आधारित भएर जीवन्त संग्रहालय बनाई स्थानीय अर्थतन्त्र वृद्धि गर्न ।
• आवश्यकता अनुसार पर्यटन प्रबर्द्धनका लागि होमस्टे निर्माण गर्न ।।
• जनयुद्धको गौरवलाई आत्मसात गरी युद्ध पर्यटनको प्रवर्द्धन गर्न ।
• स्थानीय कृषि बालीको उत्पादन वृद्धि गरी प्रशोधन र औद्योगिकरणको माध्यमबाट अर्थतन्त्र र रोजगारीको सिर्जना गर्न ।
• जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न ।
• मगर खाम भाषा र संस्कृक्तिको संरक्षण र प्रवर्द्धनका लागि पालिका स्तरीय प्रतिष्ठान स्थापना गर्न ।
• सामुदायिक स्वास्थ्य ईकाइ मार्फत् घरदैलोमा स्वास्थ्य सेवा दिन ।
• हाम्रो परम्परागत स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन ।
• स्थानीय खानालाई प्रवर्द्धन गर्न र मिति सकिएका औषधि र खाद्यपदार्थ रोक्न ।
• रैथाने उपजहरूको प्रवर्द्धन गर्न ।
• मौलिकतामा आधारित परम्परागत ज्ञान, सीप र प्रविधिलाई अगाडि बढाउन ।
• ग्रामिण औद्योगिकरण मार्फत् दलित समुदायको कृषि औजार निर्माणको सवाललाई औद्योगिकीकरण गर्न ।
• महिला दिदीबहिनीहरुलाई आयआर्जन र उद्यमसँग जोड्न ।
• सामुदायिक शिक्षालाई स्थानीय सरकार, व्यस्थापन समिति र अभिभावकको सक्रियतामा स्तरोन्नती गर्न ।
• भ्रष्टाचाररहित गाउँपालिका निर्माण गर्ने संकल्पमा थप मद्दत गर्न ।
• भौतिक पूर्वाधार निर्माणका लागि सङ्घ र प्रदेशसँग वकालत गर्न ।
• सङ्घीय, प्रादेशिक र पालिकाका योजनाहरू आवश्यकताका आधारमा प्राथमिकता दिन ।
• आयोजनाहरूको सही मूल्याङ्कन र अनुगमन गर्न ।
• जनयुद्धको भावना र गरिमा विस्तार गर्न ।
त्यसैले मंसिर १६ मा हुने उप निर्वाचनमा पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार नरपुरा बुढा पुनलाई गोलाकार भित्रको हसिया हथौड़ा मा मतदान गरि अत्यधिक बहुमतले बिजय बनाउ ।








