रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ मैकोटमा स्थानीय पर्यटन प्रवर्द्धनको लागि मई छिउ सगराँत भन्ने नारा सहित मई छिउ उत्सव उद्घाटन भएको छ । तिहार नमनाएर मंसिरे संकरान्ती मनाउने मैकोट गाउँमा हरेक वर्ष मंसिर सगराँतमा मेला लाग्ने गर्दछ । गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गर्नु भएको उत्सव यो वर्ष रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् पूर्व लुम्बिनी प्रदेश सभामुख पुर्ण घर्तीले उद्घाटन गर्नुभएको हो ।
प्रतिनिधि सभा सदस्य पुर्ण घर्तीको प्रमुख अतिथि रहेको उत्सव उद्घाटनमा विशेष अतिथि पूर्व लुम्बिनी प्रदेश मुख्यमन्त्री कुल बहादुर के सी र लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन अतिथिमा पूर्व खेलकुद मन्त्री दलजित श्रीपाली, पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती, पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि क, पुथा उत्तरगङगा स्वास्थ्य संयोजक समीर गिरी, इलाका प्रहरी कार्यालय मैकोटका इन्चार्ज बल बहादुर नेपाली लगायत विभिन्न राजनीतिक प्रतिनिधिहरुको उपस्थितिमा उत्सव उद्घाटन भएको हो ।
रुकुम मैकोट अहिले देशमा मात्र नभएर विश्व भर चर्चामा रहेको पुथा उत्तगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनु भयो । मई छिउ उत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मैकोट एक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको अध्यक्ष घर्तीले बताउनु भयो । मैकोट सम्म यातायातको पहुँच पुगे लगत्तै पर्यटकको ओइरो लाग्ने अध्यक्ष घर्तीले बताउनु भयो । अध्यक्ष घर्तीका अनुसार मैकोट सम्म सहिद मार्गले सडक विस्तार गर्नु पर्ने भएपनि सहिद मार्गले काम नगर्दा स्थानीय सरकार बाटनै गत वर्षनै सडक खोलिसकेको तर वर्षातका कारण बाटो बन्द भएता पनि अबको २/४ दिनमै मैकोटसम्म यातायात सञ्चालनमा आउने छ ।
यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले मैकोट गाउँले तीबाट आउने २ पर्व नमनाउने परम्परा रहेको बताउनु भयो । तिबाट तिज र तिहार नमनाउने देशकै एक मात्र गाउँ मैकोटलाई यहीँ परम्पराबाट चिनाउन सकिने पुनले बताउनुभयो । तिज र तिहारको नमनाएर मंसिर सगराँतमा ठूलो उत्सव मनाउने चलनलाई बचाइराख्नु पर्ने पुनले बताउनु भयो ।
मैकोट गाउँ अहिले देशीविदेशी पर्यटकको नजरमा परेको प्रतिनिधि सधा सदस्य पुर्ण घर्तीले बताउनुभयो । मई छिउ उत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनयुद्धले मैकोटलाई देशभर चिनायो भने रुकुम मैकोट गितले विदेशमा समेत चिनाएको प्रतिनिधि सदस्य घर्तीले बताउनुभयो । साथै मैकोट गाउँ हुँदै डोल्पा तिब्बत सम्म सहिद मार्गको पहुँच पुर्याएर मैकोटलाई एक व्यापारीक स्थल सम्म बनाउन सकिने घर्तीले बताउनुभयो । घर्तीका अनुसार यो आ.व. मा पनि मैकोट देखि शहरतारा सम्मको तार्गेत राखेर संघबाट बजेट विनियोजन गरिएको छ ।
मैकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तह गरि तीन वटै सरकारले ध्यान दिनु पर्ने पूर्व खेलकुद मन्त्री दलजित श्रीपालीले बताउनुभयो । साथै आन्तरिक राजस्व बढाउन पर्यटन सँगसँगै जडिबुटी खेती, बाङ्गो खेती लगायतका खेती गरेर राजस्व वृद्धि गर्न सकिने पूर्वमन्त्री श्रीपालीले बताउनुभयो ।
मैकोट गाउँमा गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेपछि देश भरको ध्यान गएको लुम्बिनी प्रदेश पूर्व मुख्यमन्त्री कुल प्रसाद केसीले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालले मैकोटको मकैको भकारीलाई विशेष पर्यटकीय वस्तुको रुपमा स्थापित गर्नुपर्छ भनेर सम्बोधन गरेपछि विभिन्न व्यक्तिहरु मैकोट पुगेर चलचित्र छायांकन समेट गरिएको केसीले बताउनुभयो । पूर्व मुख्यमन्त्री केसीको अनुसार आफू बहाल रहदा मैकोटको विद्यालयमा बजेट व्यवस्थापन गरिएको थियो ।
मई छिउ उत्सव पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ का अध्यक्ष बिरमान कामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन जय पुनले गर्नुभएको थियो ।








