नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरु जनताको घर ढैलाेमा: दश वर्षे जनयुद्धले फेरीदै विकासकाे मुहार गाउँमा जनता खुसी


बालाराम शेर्पाली

आागामी मंसिर १६ गते हुने उप-निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद तथा पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर घर्ती लगायत पार्टीका केन्द्रीय नेताहरुले पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकाममा जनतासंग भेट वार्ता गर्नु भएको छ। नेकपा माओवादी केन्द्रीय नेताहरु जनताको घर दैलाेमा जनताका समस्या बुझ्न हुकाममा बैठक बसेकाे हाे। आज बसेकाे बैठकमा जनताले दुई ठुला दलाललाई प्रश्न गरेका छन्। एमाले काङ्ग्रेसले हामीले बचत गरेको रकम हिनामिना गर्ने मानव तस्करीमा संलग्न हुने छुट छैन। त्यो हामी सहदैनाै हाम्रो घर आगनमा ती नेताहरुकाे नदेखिन आग्रह गरेका छन्। हामी माओवादी हुनलाई जन्मिएको हाेईन माओवादी भएर जन्मिएकाे हाे, त्यसैले माओवादी केन्द्रलाई विजयी बनाउने जनताले बताएका छन् ।

आज भएको जन भेटघाट कार्यक्रममा जनतासंग माओवादीहरूले समानता र सामाजिक न्यायका लागि संघर्ष गरेर दलित, आदिवासी, महिला उत्पीडितहरुकाे अधिकार ल्याएकाे पार्टीका केन्द्रीय सदस्यीय तथा संघीय सरकारका सासंद् पूर्ण बहादुर घर्ती मगरले बताउनुभएकाे छ। भष्ट्रचारीलाई जेल काेच्न, दिगाे विकास गर्न, शुसाशन ल्याउन , समृद्ध देश बनाउन देशमा माओवादीकाे आश्यक्ता रहेकाे बताउनुभयो । संसाद् घर्ती मगरले दस वर्षे जनयुद्ध लडेर माओवादीले नेपालको संविधानलाई संशोधन गरेर संघीयता ल्याएकाे बताउनुभएकाे छ। पुथा उत्तर गंगा पाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा, २ नम्बर वडाध्यक्ष जस बहादुर शेर्पालीले गर्दै गरेका विकास निर्माणका काम पूरा हनु सकेकाे छैन् । ती एजेन्डाहरुलाई लिएर पार्टीले दुवै पदमा उमेदवार खडा गरिएको बताउनुभएको छ।

लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ (हिमालले ) कार्यक्रममा बाेल्दै राष्ट्रिय राजनीतिमा नै अहिले माओवादी पार्टी प्रर्ती जनताको सकरात्मक साेच रहेकाे छ। जनयुद्ध लडेर माओवादीले हेलिकप्टर देखि डाेजर झारेर सडक बाटाे संगै शिक्षा, स्वास्थ्य , कृषि फड्को मार्दै गएको बताउनुभएकाे छ। सचिवालय सदस्य श्रेष्ठले देशमा ठुलाे दल भन्ने नेपाली काङ्ग्रेस चुनाव जितेर सरकारमा गए पनि अहिले विकास निर्माणमा कुनै पनि बजेट बिनियाेजन गर्न नसक्ने काङ्ग्रेस एमालेले जनतालाई विकास गर्याेैँ भनेर भासण गर्दा लाज मान्नु पार्ने बताउनुभएको छ।

लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा पुथा उत्तर गंगा पाउँपालिका अध्यक्ष पुनिराज घर्तीले गाउँपालिका उपाध्यक्ष र २ नम्बर वडा अध्यक्ष बागलुङकाे भुङखानीमा जीप दुर्घटना हुदाँ ठुलाे क्षेती ब्यहाेर्नु परेकाे बताउनुभएको छ। पार्टीले रिक्त पदमा स्वर्गीय उपाध्यक्ष भूपेन्द्रा बुढा जस्त‌ै ब्यक्ति ल्याएकाे छ। अपुरा कामहरु र विकास निर्माण संगै महिला ,बालबालिका , अपांगता र दलित पछाडिएकाे वर्गहरुकाे माग पूरा हुने बताउनु भएको छ।

यस्तै पार्टीका भुल बहादुर बिक (असलले ) कार्यक्रममा बाेल्दै माओवादीकाे आधार ईलका रहेकाे यश क्षेत्रमा अन्य पार्टीले जनतालाई झुता आसपासन न देखाउन अनुरोध गर्नु भएकाे छ।

दश वर्षे जनयुद्धले फेरीदै विकासकाे मुहार गाउँमा जनता खुसी पुथा उत्तर गाउँपालिका वडा नम्बर ५ हुुकामका स्थानीय धन बहादुर बिकले देशमा संघीयता र स्थानीय तह स्थापना भए पश्चात् माओवादी त्याग र बलिदानले गर्दा विकास क्रमले फड्को मार्दै गएकाे बताएका छन्।

यस्तै साेही गाउँपालिका वडा नम्बर ४ अर्जलका बिरबल पुनले पहिले रुकुमकाेट सम्म हिदेर दुई दिन हिदेर पुगिन्थ्याे भने अहिले सदरमुकामसम्म यातायातको सुविधाले गर्दा सहजै रुपमा पुग्ने हुदाँ माओवादी पार्टीले विकास निर्माणमा ठूलो भूमिका खेलेकाे बताएका छन्। गाउँमा १२ कक्षासम्म विद्यालय संचालन हुदाँ छाेरा, छाेरीले गाउँमै निशुल्क पढ्न पाएकाे बताएका छन्। हुकाम निवासी चाम बहादुर सिर्पालीले पनि खुसी हुँदै माओवादीकाे बलिदानले गर्दा कृषि क्षेत्रलाई पनि आधुनिकता संग जाेड्न घर आगनमै कृषि प्रविधिहरू खताउँदा कृषि उत्पादन वृद्धि संगै आर्थिक समृद्धिको मार्ग माओवादी सरकारले कारेकाे सिर्पालीले बताएका छन् उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकका केन्द्रीय सदस्य तथा संघीय सांसद पूर्ण बहादुर घर्ती,पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा पुथा उत्तर गंगा पाउँपालिका अध्यक्ष पुनिराज घर्ती ,पार्टीका लुम्बिनी प्रदेश सदस्य जिताराम कामी , पार्टीका लुम्बिनी प्रदेश सदस्य भिम कुमारी पुन , प्रदेश सल्लाहकार सदस्य तथा वडा नम्वर २का उमेदवार जगत घर्ती काजु, प्रदेश सदस्य कालिप्रसाद रोका , पार्टीका भूमे गाउँपालिका ईन्चार्ज ध्रुव बिक्रम ओली, अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली लगायत पार्टीका अन्य नेताहरुकाे उपस्थिति रहेकाे थियाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार