नेकपा माओवादी केन्द्रको तर्फबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जगत घर्ती (काजु) सिफारिस हुनु भएको छ । ३ आकाङ्क्षी मध्येबाट घर्तीलाई नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ कमिटीले सर्वसम्मत सिफारिस गरेको हो । घर्तीको जनयुद्धकाल देखि नै नेकपा माओवादी पार्टीमा सकृयता रहेको थियो ।
बाग्लुङ भुङ्खानीमा भएको जीप दुर्घटनामा वडा अध्यक्ष जसबहादुर श्रीपालीको निधन भए पछि रिक्त पदमा मंसिर १६ मा उप निर्वाचन हुने भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ मा एमाले तर्फबाट जीवन रोका यश अघि सिफारिस भइसकेका छन भने नेपाली काङ्ग्रेसले एमाले कै उमेदवारलाई सघाउने गृहकार्य भइरहेको छ ।








