श्री हिमालय श्रृङखला चौँरी युवा क्लवको २९ औं वाषिर्क उत्सव पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगर द्वारा उद्घाटन


रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ सेरा वालुवामा हिमालय चौरी युवा क्लवको २९ औं वार्षिक उत्सवको उद्घाटन भएको छ । राँके (सेरा बालुवा) जाऔँ! भाषा संस्कृति र इतिहास बचाऔँ!! श्री हिमालय श्रृङखला चौँरी युवा क्लवको २९ औँ वार्षिक उत्सव मनाऔँ!! राष्ट्रको प्रतिष्ठा उठाऔँ!! भन्ने मुल नारा सहित सञ्चालन भएको वार्षिक उत्सवको उद्घाटन पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनी राज घर्ती मगरले गर्नु भएको थियोे । अध्यक्ष घर्ती मगरले परम्परागत शैलीमा राँके (साउने सक्रान्ती) वार्षिक उत्सवलाई राँको (दियालो) बालेर उद्घाटन गर्नु भएको हो । साउने सक्रान्तीमा राँको बालेर राँको फाल्दा रोगहरुको अन्त्य हुने धार्मिक विश्वास रहेको छ ।

प्रत्येक वर्ष साउने सक्रान्तीमा हुने वार्षिक उत्सवमा क्लवले विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको छ भने यो वर्ष पनि महिला पुरुष भलिबल, महिला पुरुष फुट्सल, दोहोरी गित, छेलो जस्ता खेलकुद कार्यक्रमको आयोजना गरेको छ ।

क्लवको वार्षिक उत्सव उद्घाटन कार्यक्रममा पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगरको प्रमुख अतिथि थियो भने विभिन्न सरकार तथा गैरसरकारी संघ संस्था, राजनीतिक दल बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । मेला संयोजक तपस बुढाले स्वागत मन्तव्य दिएको कार्यक्रमको सञ्चालन क्लवका सचिव जीवन बुढाले गर्दा कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष मिलन कुमार बुढाले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार