पछिल्लो पटक प्रकाशित भएको SEE को नतिजालाई आकलन गर्दा शिक्षामा लगानी अनुसारको प्रतिफल नआएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक/शिक्षक प्रतिनिधिहरुलाई एकीकृत पाठ्यक्रम निरन्तर विद्यार्थी मुल्यांकन र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी २ दिने अभिमुखिकरण कार्यशालाको सम्मापन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामा लगानी अनुसारको प्रतिफल नआएको अध्यक्ष घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार शिक्षक अनुसारको विद्यार्थी उत्पादन हुने भएकोले शिक्षक इमानदार पुर्वक लागे मात्र शिक्षामा गुणस्तर आउँछ । पुथा उत्तरगङ्गा गाउँपालिकाले मात्र वार्षिक करिब ६ करोड बराबर शिक्षामा लगानी गरेता पनि उपलब्धि लगभग खासै नदेखिएको अध्यक्ष घर्तीले बताउनुभयो । वार्षिक ६ करोड भौतिक पूर्वाधार तर्फ लगानी गर्ने हो भने धेरै विकास हुने अध्यक्ष घर्तीले बताउनुभयो । हरेक विद्यालयले कुनै पनि हालतमा कसरी हुन्छ गुणस्तरमा ध्यान दिन अध्यक्ष घर्तीले निर्देशन गर्नुभयो । अध्यक्ष घर्तीका अनुसार शिक्षामा एक रुपता ल्याउन यहीँ शैक्षिक वर्ष देखि कक्षा ८ को वार्षिक परीक्षा एउटै केन्द्रमा बनाइने छ ।
यस्तै शिक्षकहरुले आफुले दुःख नगर्ने छापाखानामा गएर इमेल भर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको पुथा उत्तरगङ्गा गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले बताउनुभयो । इमेज सम्बन्धि पटक पटक तालिम बनाउदा पनि शिक्षकहरु छापाखानमा गएर भर्न नरोकिएको गिरीले बताउनुभयो । प्रशासकीय गिरीले सत्तामा शिक्षक राखेर अन्यकाममा जान्छ उक्त शिक्षक तलब रोक्का गरीदिने चेतावनी दिनुभयो । साथै सबै विद्यालयलाई प्रतेक महिना हाजिरी फार्म गाउँपालिकामा बुझाउन निर्देशन दिनुभयो ।








