टी-२० विश्वकप क्रिकेट: नेपालको खेल काठमाडौंका तीन ठाउँमा प्रत्यक्ष देखाइने


आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह-आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडीगाउँ खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी गरेको हो ।

ओपन डोर्स इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले खेलकुदप्रेमीको मनोबल उच्च पार्न टी–२० विश्वकप क्रिकेटको निःशल्क प्रत्यक्ष प्रदर्शन गर्न लागेको जानकारी दिए । यसका लागि ती ठाउँमा आवश्यक तयारी थालिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार आज साँझ ६ बजे टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतको साङ्गीतिक प्रस्तुति रहने छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल अमेरिकाको डालासमा आज राति ९ः१५ बजे सुरु हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार