रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले विभिन्न तयारी कक्षाहरु निःशुल्क सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना निकाल्दै विभिन्न तयारी कक्षाको लागि आवेदन माग गर्दै तयारी कक्षा सञ्चालनको जानकारी दिएको हो । गाउँपालिकाले प्रदेश सरकारबाट हस्तान्तरित शिक्षक सेवा आयोग,अध्यापन अनुमति पत्र तथा अन्य अतिरिक्त कक्षा सञ्चालन कार्यक्रम शिर्षकमार्फत विनियोजित बजेटबाट कक्षा सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले सञ्चालन गर्ने तयारी कक्षाहरुमा प्रशासन तर्फ सहाकस्तर चौथो र पाँचौ तह, आधारभूत तह स्थायी अध्यापन अनुमति पत्र तयारी र कम्प्युटर आधारभुत कक्षा सञ्चालन गर्ने लागेको हो । तयारी कक्षा सञ्चालन यहिँ जेष्ठ १५ गते देखि हुने छ ।









