रुकुमपुर्ब उपल्लोसेराका महिलाहरुलाई उधमशिलता बिकास तालिम


बरम बुदामगर/तकसेरा
रुकुमपुर्बमा महिला उधमशिलता बिकास तालिम सम्पन्न भएको छ । यु.एम एन रुकुम कल्ष्टरको आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र रुकुमको आर्थिक सहयोगमा संचालित स्थानीय परम्परात ज्ञानको स्तरउन्नतिको लागी रुपान्तरण परियोजना अन्तर्गत पुथाउत्तरगंगा गाउँपालिका वडा न. ११ उपल्लोसेरामा उधमशिलता बिकास एक हप्ताको तालिम यहि मिति २०७९/१०/१७ देखि २१ सम्म उपल्लोसेराका महिलाहरुले गर्दै आएको पुर्ख्यौली पेशा बर्तमान समयमा फुर्सदको बेला मात्रै गरिने राडीपाखी पेशालाई ब्यबसायिक रुपमा रुपान्तरण र पुस्तानत्रण गर्ने उदेश्यका साथ संचालित तालिमा गाउँका ३६ जना राडीपाखी बुन्न सक्ने महिलाहरुको सहभागी भएको थियोे ।
तालिममा ५ दिन सम्म घरेलु तथा साना उधोग कार्यालय रुकुम (पुर्ब) का उधम बिकास सहजकर्ता तारादेबी पुनले प्रशिक्षण गर्नुभएको थियो । सहभागीहरु हामी कसरी एक असल र सफल उधमी बन्न सक्छौ साथै जीविका पार्जनका लागी गर्दै आएको पेसालाई कसरी व्यसायिकरुपमा स्तरउन्नति गरि बजारसम्म पुर्याउन सक्छौ ? जस्ता उधमशिलता सम्बन्धि २८ वटा बिषयबस्तुमा सिकेका थिए । साथै सहभागीहरु राडीपाखी सम्बन्धी व्यसायिक बनाउनुका साथै सामुहिकरुपमा राडीपाखी ब्यबसायलाई दर्ता गरि ओझेल र पुस्तारण हुन् नसकेको उनीहरुको मुख्या पेसालाई स्तरउन्नति गरि आर्थिक बृद्धि गर्ने सकल्प गरेका छन् ।
सहभगीहरुले राडीपाखी निर्माण पेशालाई व्यसायिक योजना बनाई व्यसायिकरुपमा संचालन नगर्दा पेशा ओझेल र पुस्तानत्रण हुन् नसकेको महसुस गरेका थिए । २१ गते पुथाउत्तरगंगा गाउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत समिर गिरि, उक्त वडाका कावा अध्यक्ष्य, र मिक नेपालका सचिबको उपस्थितिमा तालिम समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार