
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १४ राङ्सी र नाखामा मा नेकपा माओवादी केन्द्रकाे अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हाे । मंसिर ४ मा हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्य क्षेत्र नं. १ का उमेदवार तेजबहादुर ओलीको विशेष उपस्थितमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हाे ।

मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार तेजबहादुर ओली विरुद्ध पार्टीकै सुरुल पुन अजयशक्तिकाे उमेदवार परेकाेले पार्टीका अगुवा कार्यकर्ता अलमल्ल परेकाेले भेला गरि एकताबद्ध गर्ने गरि भेला सम्पन्न भएको हाे ।
कार्यकर्ता भेलामा उमेदवार ओलीले आफू फेरि पनि निर्वाचन लडी प्रदेशकाे केही न केही कार्यकारी भुमिकामा गएर रुकुम पूर्वकाे विकासमा गति बढाउने याेजना रहेको बताउनुभयो । भेलामा सहभागी सम्पूर्ण कार्यकर्ताले पार्टीकाे आधिकारिक उमेदवारलाई नै सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।









