
बरम बुदामगर
०२ असोज २०७९
रुकुम पूर्वमा पहिलो पटक रुकुमकोटमा महफिल हुने भएको छ । साहित्यलाई संरक्षण र जगेर्ना गर्ने उद्देश्यको साथमा यही कार्तिक १५ गते जिल्लामा पहिलोपटक महफिलको आयोजना गरिएको हो । केही समय पहिले आयोजना गर्ने तयारी भएपनि मौसम अनुकूलताले स्थगित भएको थियो । राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वको आठौ बैठकले कार्तिक १५ गते महफिलको आयोजन गर्ने मिति तय गरेको थियोे ।
महफिलमा जिल्ला तथा जिल्ला बाहिरका साहित्यकारहरुको बिभिन्न साहित्यिक रचनाको प्रस्तुती, सष्ट्रा सम्मान र जिल्ला स्तरीय कविता बाचन प्रतियोगीताको आयोजना गरिएको राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पुर्वले बताएको छ । विशेषगरी महफिलमा बसन्त वली बसन्ती दाङ, पृथक हसमाल वली बर्दिया, सुशीला श्रेष्ठ दोलखा, जिएम दिपु देपेन्द्र रुकुम पश्चिम, दिलु बिएम दिल रोल्पा, सुदा शाह रुकुम पुर्व, कल्पना परियार सल्यान र गिरिप्रसाद बुदामगर रुकुम पुर्वको विशेष प्रस्तुति रहनेछ । यसपटक जिल्लामा कला साहित्य तथा संगीत क्षेत्रमा कलम चलाएका ५ जना सष्टालाई सम्मान गर्ने आयोजकले जानकारी दिएको छ ।
साहित्यकार तथा साहित्यमा चासो राख्ने इच्छुक लाई कार्तिक १४ गते साँझ सम्म नाम दर्ता गर्न सम्पर्क नम्बर दिइएको छ 9848925905, 9847999586 र 9809882902 यो नम्बरमा खबर गरेर नाम टिपाउन सकिनेछ ।








