प्रदेश ‘क’ का उम्मेदवार ओलीलाई तकसेरा छिर्न रोकियो ।


 

बिरप्रताप बुदामगर (बिर्खे)

०१ कार्तिक २०७९

 

तस्बिरहरू: बरम बुदामगर

देशमा संघ र प्रदेश तर्फको उम्मेदवारी दिएका उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रका स्थानीयसँग घरदैलो छलफलमा रहेका बेला रुकुम पूर्वमा आज ‘क’ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार तेजबहादुर ओलीको समुहलाई स्वतन्त्र उम्मेदवारका समर्थक नागरिक समाजले बिच बाटोमै रोकेका हुन । वाम लोकतान्त्रिक गठबन्धनको पुथा उत्तरगंगा ६ नम्बर वडाको मयाङमा कार्तिक २ गतेको छलफलमा निस्किएको समुहलाई पुथा उत्तरगंगाबाट स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुनको समर्थनमा रहेकास्थानीयले रोकेका थिए ।

 

पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र १० र ११ नम्बर वडा तकसेराका स्थानीय लगाएत अन्य वडा बाट उपस्थित युवा, नागरिक अगुवाले उम्मेदवार ओलीको समुहलाई तकसेरा प्रवेश गर्न नदिन बिहानैदेखि दिखिउँ डाँडामा बसेपछि ओलीको समुह १२ नम्बरको क्युबाङबाट कोल तर्फ लागेका थिए । ओलीको समुह जिप द्वारा मयाङ पुग्न तकसेरा हुँदै जानुपर्छ । स्थानीय दिखिउँ डाँडामा दिनभर जम्मा भएर अगाडी जान नदिन बाटो छेकेपछि उम्मेदवार ओलीकोहरु केही समय क्युवाङमै रोकिएका थिए । तकसेरा प्रवेश गर्न उपयुुक्त नभएपछि कोल तर्फ लागेका छन् । आज मयाङ पुगेर भोली स्थानीय गठबन्धन दलका नेता कार्यकर्तासंग छलफलको मिति तय गरिएको थियो । क्युबाङ बाट तकसेरा तर्फ जाने अवस्था नभएपछि कोल तर्फ लागेको उम्मेदवार ओलीले बताउनुभयो । सके सम्म सहजिकरणको वातावरण मिलाउन उच्च तहमा प्रयास भइरहेको छ । नागरिक अगुवा र तकसेराका स्थानीयले ओलीले आफ्ना मुद्दामा चासो नदिएको आरोप लगाएका छन् । ५ वर्षसम्म प्रदेश सभा सदस्य हुँदा हाम्रो मुद्दामा मौन बसेको पुथाउत्तरगंगा १० का मुलमान बुदामगरले बताउनुभयो । विशेष गरी सदरमुकामको विषयमा मौन बसेकाले यहाँका स्थानीय रुष्ट देखिन्छन् ।

 

२०७४ सालको माघमा देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२ नम्बर वडाको गोलखाडालाई तोकेको थियो । त्यसको ३ दिन पछि अधिवक्ता गणेश हमालको नेतृत्वमा गोलखाडाको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सदरमुकाम सार्ने निर्णय कार्यान्वनय भएको छैन् । मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन रहेको छ । यस विषयमा सांसद हुँदा ओली मौन बसेकोले अव कुनै हालतमा सांसद बनाएर पठाउन हामीहरु तयार नरहेको बुदाले बताउनुभयो । ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप पनि लगाएका छन् ।

 

निर्वाचन आयोगले कार्तिक १७ गते अघि निर्वाचन प्रचार प्रसार नगर्नु भनेपनि ओली प्रचारमा लागेकाले रोकेको स्थानीयको भनाई छ । ‘क’ निर्वाचन क्षेत्र गठबन्धनका तर्फबाट माओवादीको भाग परेको थियो । माओवादीले तेजबहादुर ओलीलाई दोस्रो पटक प्रदेशको टिकट दिएको छ । माओवादी पार्टी बाट असन्तुष्ट भएर माओवादीका ५ जनाले दर्ता गरेका थिए अन्तिममा ४ जनाले सुरुल पुनलाई समर्थन गर्दै स्वतन्त्रबाट अगाडि बढेका छन् । मगर बाहुल्य यस क्षेत्रका माओवादी र अन्य दलका अधिकांश मगर नेताहरु पुनलाई समर्थन गर्दै खुलेरै लागेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार