पुथा उत्तरगंगामा परियोजना गोष्ठी सम्पन्न


बिरप्रताप बुलामगर (बिर्खे)

‍३१ असोज २०७९

रुकुम पु्र्व पुथाउतरगंगा गाउँपालिकामा परियाेजना अभिमुखिकरण गाेष्ठी सम्पन्न भएको छ । नेपाल मगर समाजसेवा तथा सुचना केन्द्र (मिक नेपाल) रुकुमको आयाेजाना र युएमएन रुकुम कलष्टरकाे आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियोे । मिक नेपालले स्थापना काल देखि वातावरण, आर्थिक, सुशासन र नागरिक समाजको क्षेत्रमा काम गर्दै आएको छ । विभिन्न जातजातिको भाषा धर्म संस्कार संस्कृतिकाे संरक्षण सम्बर्द्धन गरि अनाैपचारिक तथा अौपचारिक रुपमा शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै वन तथा वातावरण संरक्षण संगै जलवायु परिवर्तन अनुकुलन तथा न्युनीकरण सम्बन्धि कार्यक्रम सञ्चालन गरि मानवीय विकासका लागि तालिम, गाेष्ठी तथा भ्रमण आयाेजना गर्ने गरिरहेको छ ।संस्थागत विकासका लागि विभिन्न निति नियमकाे विकास गर्दै अाम जनसमुदायलाई सुचना तथा संचारकाे पहुँचमा पुर्‍याउन ठाउँ ठाउँमा सुचना केन्द्र स्थापना गरि मातृभाषामा पुस्तक, पत्रपत्रिका प्रकाशन गरि सामुदायिक रेडियो तेलिभिजन सञ्चालन गर्न र महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांगता सम्बन्धि कार्यक्रम सञ्चालन सँगै स्थानीय स्रोत साधनकाे उचित सदुपयोग गरि आधुनिक कृषि प्रणालीमा जाेड दिने प्रमुख उदेश्य रहेको छ । मिक नेपालले दातृ निकायहरुसंग सम्झौता गरि विभिन्न परियोजनामा काम गर्दै आएको तेस्रो बर्ष हाे अर्थात आर्थिक बर्ष २०७९/८० तेस्रो बर्षकाे परियोजना रुपमा भिन्न शीर्षकहरमा बजेट विनियोजन गरेको छ । मिक नेपालले फास्ट एक्सनकाे आर्थिक सहयोगमा सिस्ने गाउँपालिका वडा नं. १ र २ मा पर्यावरणमैत्री कृषि तथा पाेषण परियोजना सञ्चालन गरेको छ भने युएमएनकाे आर्थिक सहयोगमा पुथा उतरगंगा गाउँपालिका वडा नं. ७, ८, १०, ११, १२, १३ र १४ मा प्रत्येक बालबालिका तथा किशोरकिशोरीहरुकाे उत्तम जीवन प्राप्ति (सक्षम) परियोजनाकाे लागि रु.४२४४०२०/ बजेट विनियोजिन गरेको छ । परम्परागत जीवन शैलीका व्यवसायीहरु आधुनिकताले लाेप हुँदै गएकाे मध्य नजर गरि वडा नं.११ मा स्थानीय परम्परागत ज्ञानकाे स्तरउन्नतीकाे लागि रुपान्तरण (UpLIFT) परियोजनाकाे कार्यक्रम सञ्चालन गर्न रु.३४००००/ बजेट विनियोजन गरेको छ । वडा नं १देखी ६,९ ,१०,११ र १३ मा दिगो वातावरण तथा  आर्थिक विकास (सीड) परियाेजनाले पुथा उतरगंगा गाउँपालिकामा दिगो आर्थिक वृद्धि गरि वातावरणीय संरक्षणलाई जाेड दिदै स्थानीय सुशासनकाे लागि जनचेतनामूलक तथा जीविकोपार्जन सम्बन्धि कार्यक्रम गर्न विभिन्न क्षेत्रकाे शीर्षकहरुमा रु.१०२७१९००/ रुपैया बजेट विनियोजन गरिएको र वातावरणीय स्राेत साधनहरु दिगो भबिष्यकाे लागि सुरक्षित गर्ने योजना रहेको छ । कृषि अभ्यास र उद्याेमशीलता विकासमा सुधार गरि समुदायको दिगो आर्थिक वृद्धि गराउदै समुदाय र स्थानीय सराेकारवालाहरुलाई वातावरणीय सामाजिक र आर्थिक न्याय स्थापना गर्न सक्षम बनाउने गुणस्तरीय परियोजना कार्यन्वयनका लागि परियोजना निर्माण अनुगमन मुल्यांकन सिकाईलाई सुनिश्चित गर्ने परियोजनाकाे मुल उदेश्य रहेको  सीड परियोजना  संयोजक उत्तम विकले बताउनुभयो । मिक नेपालले विगतमा सञ्चालन गरेका परियोजनाहरुबाट स्थानीयकाे जीवनशैली सुधार भएर आएको उपस्थितहरुले बताएका छन । सञ्चालनमा रहेका परियोजना बाट पुथा उतरंगा गाउँपालिकाका स्थानीय बासीहरुले प्रत्यक्ष रुपमा लाभ प्राप्त गर्ने र चेतनाको विकास संगै सीमान्तीकृत रुपमा रहेका मानिसहरुकाे जीवनयापन गर्न सहज हुने पुथा उतरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीगमरले बताउनुभयो । मिक नेपाल रुकुमकाे अध्यक्ष धनबहादुर घर्तीमगरकाे अध्यक्षतामा भएको गाेष्ठीकाे प्रमुख अतिथि पुथा उतरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर रहनु भएको थियोे । अभिमुखिकरण गाेष्ठीमा सुरक्षाकर्मी, कृषक समूह, पुथा उतरगंगा गाउँपालिकाका विभागिय प्रमुख तथा वडा अध्यक्षहरुकाे उपस्थिति रहेको गाेष्ठीकाे सञ्चालन श्रीकुमार बिएमले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार