देवता हेर्ने चाडपर्व


वीरप्रताप बुदामगर (बिर्खे)

२४ असोज २०७९

देवता हेर्ने चाडपर्व संघीयताले जन्माएको अाफनै माैलीक परम्परा, भाषा, संस्कार, संस्कृति भएको नेपालकाे कान्छो  लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पुर्व विविधतामा एकता रहेको छ । प्रदेशकै अग्लो पुथा र सिस्ने हिमालसँगै सुनदह र कमलतालकाे काखमा अवस्थित तीनवटा स्थानीय तह सिस्ने, भुमे र पुथा उतरगंगा गाउँपालिका मिलेर बनेको छ । पुथा हिमाल र सुनदहको सुन्दर भुमि पुथा उतरगंगा गाउँपालिका देशभरका स्थानीय तहमा धेरै वडा भएको गाउँपालिका हो ।

 

अाफ्नै माैलिक पहिचान बोकेका खाम भाषी मगर समुदायको बाहुल्यता रहेको पुथा उतरगंगा गाउँपालिकामा नेपालीहरुकाे महान चाड दशैं अाफ्नै रीतिरिवाज र मुल्यमान्यता अनुसार मनाउने गर्छन् । गाउँपालिकाको केन्द्र वडा नं. १० तकसेराकाे बाच्छीगाउँमा दशैंमा बराहा देवताको दर्शन गरेर चाड मनाउँछन । बाच्छीगाउँमा दशैंमा बराहा देवता दर्शन गर्न दुईवटा थान रहेको छ । पुनडेरामा “खाँडाँ बराजु थान” र कान्छी डेरामा “बराह थान” रहेको छ । प्रत्येक बर्ष दशैकाे अवसरमा खाँडाँ बराजु थान र बराहथानमा पुजा गरि देउता हेर्दै  अाएका स्थानीयहरुका अनुसार “हेर्दाहेर्दै हरायो भने अनिष्ट हुने जन विश्वास” रहेको छ ।

 

घटस्थापना देखि साताैं दिनमा भाइबन्धुको आहारा स्वरुप प्रत्येक टाेलमा राँङ्गाे काटेर हरेक घर कुरीयाका लागि भाग लगाएर केही मासु आफ्नो टोलमा रहेका अबिवाहित चेलीबेटीहरुका लागि छुट्टाउने गर्छन् । साँझ पख अबिवाहित चेलीबेटीहरु आ-आफ्नो टोलमा जम्मा भएर सो मासु पकाउनलाई जम्मा हुन्छन् । टोल अनुसार भान्जा साइनो पर्ने केटाहरुले चेलीबेटीहरुकाे लागि छुटाएकाे मासु पकाउनलाई तयार गरिदिन्छन् । मासु पकाएर केटाकेटी, युवायुवती सबै सालीभेना साइनो पर्नेहरु संगै बसेर गित गाउँदै रमाइलो गर्छन् । अाठाैं दिनमा पुजापाठ गरेर देवता दर्शन गर्ने पालाे अनुसार खाँडाँ बराजु र बराह थानलाई सिंगार्ने गरिन्छ । युवायुवती जम्मा भएर आफ्नो रितीथिती अनुसार पिङ हाल्न बाबियाे काट्न टोलमा रहेको एउटा कन्या युवतीलाई छानिन्छ । त्यसपछि युवतीले गाउँ छेउमा रहेको खालीबाँङ खाेलाबाट दुबोपाटीको साथ चाेखाे पानी भरि हाँङछेउमा पुगेर बाबियाे बारीमा छर्केर काट्न सुरु गर्छिन् । युवतीले छोएपछि मात्र अन्य युवायुवतीले बाबियाे काटन पाउँछन् । चाेखाे पानी भरेर लगेकाे भेला अचानक खुट्टामा ठेस लागेमा पुनः चाेखाे पानी भरेर लग्ने चलन रहेको छ । केटाहरुले पिङको लागि गित गाउँदै बाबियाेकाे डाेरी तयार गर्छन् । पिङको लागि बाबियाे केटीहरुले काटने र केटाहरुले डोरी भाँड्ने गर्छन् । पिङकाे डोरी भाँड्न गएको युवाहरुलाई युवतीहरुले आफ्नो भागमा पाएकाे राँगोकाे मासु, हड्डी र छालाको माला भनाइ घाँटीमा लगाई दिन्छन् । पिङकाे डोरी तयार भए पछि सबै मिलेर ल्याइ खाँडाँ बराजु थानलाई बेरेर राख्ने गरिन्छ ।

 

नवाैं दिनमा बिहानै थानमा पुजा गरेर देवता हेर्ने गर्छन् । पुजा र देवता दर्शन सकिए पछि थानबात पिङको डाेरी फुकाएर पिङ राखि सबैले पालैपालो पिङको मज्जा लिने गर्छन् । स्थानीय छल बहादुर  बुदामगरले अग्रज बाट सुने अनुसार आदिम समयमा देवताहरु भाेटबात तरबार युद्ध गर्दै आउदा बाच्छीगाँउकाे पनदेरामा अडेको त्यही खाँडाँ बराजु थान बनाइ दिएर हरेक वर्ष पुजापाठ गर्ने गरेको बताउनुभयो । अर्को बराहा देवताको बेग्लै किम्वदन्ती छ वृद्धाहरुका लिस्गाँको जौं बारीमा चैत, बैशाख तिर एउटी बालिका राेइरहेको किसानहरुले भेटे उक्त बालिकालाई जाैंकाे खाजा चपाएर खुवाउँदा बालिका रि र डि भनी पत्थरमा परिवर्तन भएछ ति पत्थर लिएर किसानहरुले गाँउकाे कान्छी देरामा ल्याइ बराहा थान बनाई दशैमा पुजा गरी त्यही देवता हेर्ने गरेको बताउँछन् । प्रत्येक बर्ष घटस्थापना पछिकाे नाैं दिनमा खाँडाँ बराजु थान र बराहा थानमा भेडा साँढे र कुखुराको भाले बलि चढाएर देवताको दर्शन गरिसके पछि पुजारीले एक एक गरि देवताहरुलाई नाैनी लगाई दिने गर्छन् । देवताहरु बढी भएमा समयकाल राम्रो हुने कम भएमा नराम्रो हुने जनविश्वास रहेको छ । हेर्ने भेला ठिक्क रहेको देवताहरु लुकाउने भेला कम भएमा आफ्नो टोल भित्र कुनै अप्रिय घटना घट्ने गरेको पुजारी विष्णु काईला पुनले बताउँनुभयो । देवताकाे दर्शन गर्दा आफ्नो मनाेकामना पुरा हुने बिश्वासका साथ विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गरेको पाईन्छ । परम्परा देखि पुजा गर्न र देवता दर्शन गर्न आउने भक्तजनहरुलाई सेता टीका र फुलपाती लगाई देवताकाे आशिर्वाद दिने गरेको स्थानीय सुरत पुनले बताउनुभयो । दशैंको अवसरमा समाज सेवा तथा गाउँ विकासका लागि स्थापना गरिएको श्री जनसेवा युवा कल्ब पुथा उतरगंगा गाउँपालिका १० बाच्छीगाँउ रुकुम पुर्वले स्थानीय स्तरमा रहेका परम्परागत कला, संस्कार, संस्कृतिकाे जगेर्ना तथा खेलाडीहरुकाे खेल प्रति आत्मबल वृद्धि विकासका लागि “खेल स्वास्थकाे लागि, खेलाडी राष्ट्र लागि” भन्ने मुल नारा साथ पुथा उतरगंगा गाउँपालिकाकाे उपाध्यक्ष भुपेन्द्रा बुदा मगरकाे प्रमुख अातिथ्यामा अाैपचारीक रुपमा खुल्ला महिला तथा पुरुष भलिबल, फुटबल, ब्याम्बाे रेस (बाँस चढ्ने), नृत्य तथा विविध साँस्कृतिक कार्यक्रमकाे उध्दघाटन गरिएको थियोे ।

 

कार्यक्रममा आउने दर्शक तथा खेल प्रेमि खेलाडीहरुमा मेलाको आचारसंहिता पालना गर्न हुन अनुरोध गर्दै, कार्यक्रम आयोजना गर्न सहयोग गर्नु हुने सहयोगी दाताहरुमा धन्यवाद  ब्याक्त गर्दै आगामी दिनहरुमा सहयोगी दाताहरूको सहयोगकाे अपेक्षा राख्दै जनसेवा युवा कल्बका अध्यक्ष आवेग पुनमगरले अाैपचारिक उध्दघाटन समारोह कार्यक्रम समापन गर्नु भएको थियोे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार