
विरप्रताप बुदामगर (बिर्खे)
१२ असोज २०७९
रुकुम पुर्वमा १६ अौं विश्व रेविज दिवस मनाइयो । एक स्वास्थ्यकाे अबलम्बन, रेविजबाट शुन्य निधन भन्ने नाराका साथ १६ अाैं विश्व रेविज दिवस २०७९ मनाइएको छ । पुथा उत्तरगंगा गाउँपालिकाकाे समन्वय तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय रुकुम पुर्वको अायाेजनामा कार्यक्रम सम्पन्न भएको हाे । रेविज राेग कुकुर, मानिस, बिरालो, स्याल, ब्वाँसाे तथा तातो रगत र मेरुदण्ड भएका अन्य स्तनधारी जनावरमा लाग्ने अति खतरनाक बिषाणुजन्य जुनाेटिक राेग हाे । याे राेग मानिसलाई लागेमा हाईड्राेफाेबिया र लाइसा तथा कुकुरमा लागे म्याड डग भनिन्छ ।

रेब्डाे भाइरस परिवार भित्रकाे लाइसा प्रजातिकाे भाइरसले रेविज राेग लाग्ने गर्छ । रेबिज राेग सिधा सम्पर्कबात सर्दैन खास गरि संक्रमित जङ्गली जनावर तथा घरपालुवा जनावरले टाेकेपछि साे पशुको र्यालमा भएको जिवाणुकाे संक्रमणबाट मानिस तथा स्वस्थ प्राणीमा सर्ने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु चिकित्सक डाक्टर बिजेता थापाले बताउनुभयो । रेबिज राेग लागेको जनावरले टाेकिसकेपछि जिवाणुहरु स्नायु प्रणालीकाे माध्यमबाट गिदी सम्म पुग्छन त्यहाँ भाइरसकाे वृद्धि भएर स्नायु प्रणाली काेषकाे माध्यमबाट शरिरकाे विभिन्न भागमा फैलिदै अन्तमा भाइरस र्यालमा देखा पर्दछ । रेबिजबाट बच्नका लागि समय समयमा अाफनाे घरपालुवा जनावरहरुलाई रेबिज बिरुद्धकाे खाेप दिने र संक्रमित जनावरहरुबाट जाेगिएर बस्नु पर्ने चिकित्सक थापाले सुनाउनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिका भित्रका ३१ वटा कुकरलाई निशुल्क रेबिज बिरुद्धकाे खाेप दिएकाे एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय रुकुम पुर्वले जानकारी दिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यल प्रमुख पिताम्बर बस्नेतकाे अध्यक्षतामा भएको अाैपचारिक कार्यक्रमकाे समापन गर्दै बाैलाहा कुकुरकाे टाेकाईबाट मर्नु भन्दा कसरी बच्ने सम्बन्धि सचेतना हुनुपर्ने र पुथा उतरगंगा गाउँपालिका भित्र भएको १४ वटा वडामा भएका कुकुरहरुलाई पशुपन्छी कार्यलय र प्रत्येक वडा कार्यलयसंग समन्वय गरि रेबिज विरुद्ध खाेप दिने प्रतिबद्धता गर्नुभएको छ । कार्यक्रममा कृषक, कुकुर मालिक तथा सराेकारवाला संघसंस्थाहरुकाे पनि उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन जनक बहादुर बस्नेतले गर्नुभएको थियो ।












