
विरप्रताप बुदामगर (बिर्खे)
२४ भदौ २०७९
महिला हिंसा न्यूनीकरण वक्तित्व कला प्रतियोगिता सम्पन्न । रुकुम पुर्व पुथा उतरगंगा १४ नम्बर वडाकाे श्री सिद्ध मण्डली माध्यमिक विद्यालय राङसीमा महिला हिंसा न्यूनिनकरणमा हाम्रो दायित्व भन्ने शीर्षकमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थीहरुकाे अन्तरनिहित प्रतिभा विकासकाे उद्देश्यलाई मध्य नजर गर्दै सिद्ध मण्डली मावि राङसीमा गठित जन जागृति किशोरी समूह राङसीले शुक्रबारे कार्यक्रम अन्तरगत बक्तृत्व कला अायाेजना गरेको हो ।

सिद्ध मण्डली माध्यमिक विद्यालयका बिद्यार्थीहरुकाे सर्वाङ्गीण विकासका लागि चार सदनमा बिभाजन गरि सो चार सदनबाट दुई जनाका दरले अाठजना छात्रछात्रा प्रतियोगितामा भाग लिएको हाे । सदनात्मक तर्फ स्यारपुताल सदन प्रथम, उतरगंगा सदन दाेस्राे, कमल ताल सदन तेस्राे र पुथा सदनले चाैठाे स्थान हासिल गरेको विद्यालयले जनाएको छ । साथै व्यक्तिगत तर्फ रुपधन बुदामगर प्रथम, रुपक बुदामगर दाेस्राे, श्रीय पुनमगर तेस्रो र सृष्टि श्रेष्ठले चाैंठाे स्थान हासिल गरेको निर्णायक मण्डलका शिक्षिका उषा खड्काले बताउनुभयो । महिलाहरुलाई शारीरिक तथा मानसिक रुपमा अघात पुग्ने क्रियाकलाप गरि कसै माथि हिंसा दुरव्यावहार भएको देखियो भने नजिकै रहेको प्रहरी चाैकी तथा सम्बन्धि निकायमा उजुरी दिन अाग्रह गर्नु भएको छ ।विकृति, अन्धविश्वास, दाईजो प्रथा, महिला माथिकाे हिंसा, पैतृक सम्पत्ति माथिकाे अधिकार बात वञ्चित, श्रमशाेषण, बहुविवाह, बालविवाह, मातृ स्वास्थ तथा प्रजनन अधिकार बाट वञ्चित भएका कारण महिलाहरु पछाडि परेकाे जिकिर गर्दै उद्वारका लागि सम्बन्धि निकायले ध्यान दिनुपर्ने सहभागी वक्ता रुपधन बुदामगरले बताउनुभयो ।

ग्रामीण क्षेत्रका समाजमा महिला हिंसा अजै पनि विध्वंसात्मक रुपमा रहेकाले यसकाे न्यूनिनकरण गर्न महिला हिंसा सम्बन्धि जनचेतनामुलक वक्तृत्व कला प्रतियोगितामा भाग लिएका सहभागीहरुले अाफ्नाे भनाइ राखेको अाधारमा सदनात्मक तर्फ चकलेट र व्यक्तिगत तर्फ क्रमशः पाँच, चार, तीन र एक एक वटा कपि र डटपेन उपहार स्वरूप प्राप्त गरेकाे कार्यक्रम सञ्चालिका जन जागृति किशोरी समूह राङसकी सचिव ज्ञानदेवी सुनामले बताउनुभयो ।

विद्यालयमा पठनपाठन मात्र नभई शुक्रबारीय कार्यक्रम सँगै अतिरिक्त क्रियाकलापहरुमा बाल कल्ब र किशोरी समुहद्वारा सचेतनामुलक सडक नाटक बक्तृत्व कला, वादविवाद जस्ता कार्यक्रम सञ्चालन गर्दै अाएकाे बताउदै अागामी २०७९ भदौ २९ गतेकाे राष्ट्रिय बाल दिवस मनाउन बिद्यालयले बाल अधिकार मञ्च, किशोरी समूह, अामा समूह, बाल कल्ब र वडा कार्यलयकाे संयुक्त अायाेजनामा नेपाल जन जागरण मञ्च, मिक नेपाल र वडा कार्यलयकाे अार्थिक सहयोगमा कार्यक्रम प्रा.वि. तहमा हाजिरी जवाफ, लाेक नृत्य र रिले दाैड (केता ४ र केटी ४) सँगै मावि. तहमा हाजिरी जवाफ, लाेक नृत्य र हिसाब दाैड प्रतियोगिता हुने जानकारी दिँदै प्रधानध्यापक चिताराम केसिले कार्यक्रमकाे समापन गर्नुभएको थियोे ।












