राङसीमा बिद्यालय व्यावस्थापन समिति गठन


विरप्रताप बुदामगर (विर्खे)
०८ भदौ २०७९
राङसीमा बिद्यालय व्यावस्थापन समिति गठन । रुकुम पुर्ब पुथाउत्तरगंगा गाउँपालिकाको श्री सिद्ध मण्डली माद्यामिक विद्यालय, पुवाङ राङसीमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । लाेकेन्द्र पुनकाे अध्यक्षता र पुथा उतरगंगा गाउँपालिका शिक्षा शाखा सहसंयाेजक देवनारायण शाह तथा पुथा उतरगंगा गाउँ पालिका १४ नम्बर वडा अध्यक्ष द्रवेश वुदाकाे उपस्थितिमा अाम अभिभावकहरुकाे भेलाले ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति सँगै एघार सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
सामुदायिक विद्यालय सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न शिक्षा ऐन २०२८ काे अाठाैं संशोधन २०७३ असार १५ काे दफा १२ को मापदण्डअनुसार विद्यालय व्यवस्थापन समिति गठन गरिएको बिद्यालयले जानकारी दिएको छ । बयान बुदा मगरको अध्यक्षतामा, पदेन सदस्य लिलाबिर राेका, शिक्षक प्रतिनिधि बिवेक कुमार अाचार्य, सदस्यहरु जितप्रसाद पुन, गाैरी सुनार, प्रकृति बुदा, भिउलाल सुनार, हिरा सुनाम र सदस्य सचिवमा बिद्यालयका प्रधानध्यापक चिताराम के.सि. रहनु भएको छ । साथै भेलाले विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली २०५७ काे नियम ३० काे उपनियम २ अनुसार शिक्षक अभिभावक संघ पनि गठन गरिएको प्रधानध्यापक केसीले जानकारी दिनुभयो ।
मनिप्रसाद पुनको अध्यक्षतामा ११ जना शिक्षक अभिभावक संघ गठन गरिएको छ जसमा सदस्यहरु पुर्ण पुन, पृथीराज सेर्पाली, गाेविन्द प्रसाद श्रेष्ठ, नन्द प्रसाद बुदा, हिरा पुन, तुलसी सुनार, लक्षिण विक, याम बहादुर बुदा, बयान बुदा र सदस्य सचिव शिक्षक पवन केसीलाई राखिएको छ । अभिभावक भेलाबाट पुर्व बिद्यालय व्यावस्थापन समितिका लाेकेन्द्र पुनकाे समुहलाई अबिर अावरण गरि बिदाई गर्दै सर्व सहमतिकाे अधारमा नयाँ बिद्यालय व्यावस्थापन समिति र शिक्षक अभिभावक संघको अध्यक्ष तथा सदस्यहरुलाई अबिर अावरणले स्वागत गर्दै भेलाको प्रमुख अतिथि शिक्षा शाखा सहसंयाेजक देवनारायण शाहले कर्तव्यबोध गराउदै कार्यकाल समयमा अाफ्नाे जिम्मेवारी राम्रोसंग पूरा गर्न निर्वाचित पदाधिकारीहरुलाई अाग्रह गर्नु भएको छ ।
भेलामा शिक्षा प्रेमी बुद्धिजीवी, हिम श्रृङखला बाल कल्बकाे प्रतिनिधि, संघसंस्थाकाे प्रतिनिधि तथा जनप्रतिनिधिहरुकाे उपस्थितिमा कार्यक्रमको सञ्चालन बिद्यालयका प्रधानाध्यापक चिताराम के.सि.ले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार