पुथा हिमाल


रुकुम पुर्व
७ भदौ २०७९
बरम बुदा मगर
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पुर्व प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ । देश संघिय गणतान्त्रिक राज्यमा प्रवेश सँगै ७ प्रदेश ७७ जिल्ला बनाइयो जसमध्ये कान्छो जिल्लाको रुपमा नवलपरासी र रुकुमलाई दुई भागमा विभाजन गरियो । हिमाली जिल्ला रुकुम पुर्व तीनवटा स्थानीय तह पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका मिलेर बनेको छ । साविक रन्मामैकोट, हुकाम, जाङ, राङसी, कोल र तकसेरा गाविसलाई पुथा उत्तरगंगा गाउँपालिका बनाएको थियोे । अहिले गाउँपालिकाको केन्द्र तकसेरामा रहेको छ ।
प्रदेशको सबैभन्दा अग्लो पुथा हिमाल (७२४६) मिटर अग्लो हिमाल र नेपालको उत्तर तिर बग्ने उत्तरगंगा नदीको नाम बाट गाउँपालिकाको नामाकरण गरिएको छ । पुथा हिमालको काखमा रमाउँदै स्थानीय संचारकर्मी मिलेर आज पुथा खबर लिएर आएका छौं । पुथा हिमाल पुथा उत्तरगंगा गाउँपालिका २ नम्बर वडा पेल्मा गाउँको शिरमा रहेको छ । प्राकृतिक सौन्दर्य सँगै हिमाली जडिबुटी प्रशस्त मात्रामा पाइन्छ ।
बिहानी घामको किरण सँगै चाँडी झै टल्किने पुथा हिमाल पर्यटकको पर्खाइमा बसिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार