पुथा उत्तरगङ्गा गाउँपालिकाको आ.व. २०८१।०८२ को वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न


पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ स्थित उत्तरगङ्गा आधारभूत विद्यालयको प्राङ्गनमा वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

आज सम्पन्न सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रममा पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रगति प्रतिवेन प्रस्तुत गर्नु भएको थियो । अधिकृत वि.क. ले प्रस्तुत गरेको प्रतिवेदन अनुसार पुथा उत्तरगङ्गा गाउँपालिकाले चालु वर्ष २०८१।०८२ मा कुल आम्दानी रकममा चालु तर्फ ८८. ६४% र पुजि तर्फ ८८.६०% गरि औषत मा ८८.६२% खर्च गर्न सफल भएको थियो । यस्तै गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ र राजश्व संकलनमा  उल्लखिनीय सुधार गरेको पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले प्रतिवेदन प्रस्तुतमा देखाउनु भएको थियो । प्रस्तुत प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा पुथा उत्तरगङ्गा गाउँपालिकाले ६ वटा वडालाई सडक सञ्जालमा जोड्न सफल भएको थियो भने अन्य महत्वपूर्ण कामहरु गर्न सफल भएको थियो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाले सबैको सुझावलाई मनन् गर्दै काम गरेको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष तथा सार्वजिक सुनुवाईका मुख्य जवाफदेहिकर्ता पुनिराज घर्तिले बताउनुभयो । सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रममा उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष घर्ति मगरले सबै राजनितिक दल र स्थानीयसँग सुझाव संकलन गरी काम गरिरहेको बताउनुभयो ।  अध्यक्ष घर्तिमगरका अुनसार चालु आर्थिक वर्षमा ६ वटा वडालाई सडक सञ्जालले जोडेकोमा आगामी आर्थिक वर्ष स्तरोन्नती गर्ने र मुख्य तिन नदि तकसेरा उत्तरगङ्गा नदि, डिमुगैरा हालबाङ सानोभेरी नदि र हुकाम मैकोट सानोभेरी नदिमा बिलिब्रिज पुल निर्माण गर्ने लक्ष्य रहेकोछ ।

नेपाल टेलिभिजन जिल्ला सम्वातदाता मैत्या घर्ति मगर सहजकर्ता रहेको सार्वजनिक  सुनुवाई तथा सामाजिक रिक्षण कार्यक्रममा मुख्य जवाफदेहिकर्ता पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ति मगर रहनु भएको थियो भने विशेष जवाफदेहि कर्तामा पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क हुनुहुन्थ्यो । यस्तै अन्य जवाफदेहि कर्तामा पुथा उत्तरगङ्गा गाउँपालिका विषयगत शाखा प्रमुखहरु रहनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार