काजरजङ्ग जोडियो सडक सञ्जालमा, अर्को वर्ष सम्म पेल्मा पुर्‍याउने लक्ष्य


पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ५ काजरजङ्गमा सडक उद्घाटन भएको छ । हिजो चैत २२ गते पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले रिवन काटेर सडकको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुन, प्रमुख प्रशाकीय अधिकृत ध्रुव वि.क., नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका इन्चार्ज जिताराम कामी, नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा पूर्व अध्यक्ष हर्कबहादुर कामी लगायतको उपस्थिति रहेको थियो ।

काजरजङ्ग सम्म सडक सञ्जाल जोडिदा स्थानीय उत्पादन निर्यात गर्न सहज हुने पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनुयो । सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन छिल्लो समय सडक सञ्जालले जोडिएका गाउँबस्तीहरुमा आयात मात्र हुने निर्यात नहुने समस्या रहकोले अब स्थानीयले स्थानीय उत्पादन निर्यात गर्न जरुरी रहेको बताउनु भयो ।

अर्को वर्ष सम्म पेल्मालाई पनि सडक सञ्जामा जोड्ने लक्ष्य

सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले अर्को वर्ष सम्म पेल्मालाई पनि सडक सञ्जालको पहुँचमा जोड्ने लक्ष्य रहेको बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार पेल्मा गाउँपालिका भरीकै सबैभन्दा विकट गाउँ हो ।  यस्तै गाउँपालिका अध्यक्ष घर्तीले यो आर्थिक वर्षको अन्त्य सम्म पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ८ चारगाउँ, वडा नं. ९ खारबाङ, वडा नं. ४ अर्जल र वडा नं. ३ रन्मा सम्म सडक पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

काजरजङ्ग सम्म सडक पुग्दा पेल्मा, हिम, गुइबाङलाई समेट सहज हुने नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका इन्चार्ज जिताराम कामीले बताउनुभयो । सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अब पेल्माको स्याउ निर्यात गर्न थोरै भए पनि सहज हुने बताउनुभयो ।

सडक सञ्जालमा जोडिन पाउँदा खुसीको सिमा नरहेको स्थानीय लक्षिण कुमार बुढाले बताउनुभयो । आफनै पालामा सडकको पहुँचमा जोडिन्छौ भनेर कल्पना सम्म नगरेको स्थानीय बुढाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार