रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्र को गाउँपालिका स्तरीय तेस्रो अधिबेशन उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी खनालको प्रमुख अतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो । अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य गणेशमान पुन, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा प्रतिनिधि सदस्य पूर्ण घर्ती र नेकेपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा रुकुम पूर्व जिल्ला इन्चार्ज तेज बहादुर ओलीको विशेष अतिथि रहेको थियो । यस्तै उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा पुथा उत्तरगङ्गा गाउँपालपका इन्चार्ज जिताराम कामी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य कालिप्रसाद रोका, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा पुथा उत्तरगङ्गा संस्थापक उपाध्यक्ष ओम कुमारी शाही, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य संगम रोका, नेकपा माओवादी केन्द्र रुकुम पूर्व जिल्ला संयोजक कुमारी बराल लगायत प्रदेश, जिल्ला स्थित नेताहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा आधा दर्जन बढी विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीको अध्यक्षतामा उद्घाटन भएकाो कार्यक्रमको स्वागत मन्तव्य पार्टी उपाध्यक्ष जनक छन्त्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी सचिव भिम बहादुर मल्लले गर्नुभएको थियो ।
पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तेस्रो अधिबेशन उद्घाटन
तपाईको प्रतिक्रिया
-
-
पुथा उत्तरगङ्गा गाउँपालिकामा विज्ञान प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न
-
रुकुम पुर्व/तकसेराको राष्ट्रिय खेलकुद अन्तिम चरणमा
-
पुथा उत्तरगङ्गा गाउँपालिकाको आ.व. २०८१।०८२ को वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
-
पुथा उत्तरगङ्गा गाउँपालिकाले लियो आ.व. २०८२।०८३ को वार्षिक बजेट, कुल ६६ करोड ३६ लाख विनियोजन
-
“भूमे पर्व हाम्रो पहिचान, संरक्षन र पुस्तान्तरणमा हाम्रो अभियान” भन्ने नारा सहित ४४ औं कार्यपालिकाको पहिलो बैठक सम्पन्न
-
पालिका भरका विद्यालयमा एउटै पिटी प्राथानाको अभ्यास गर्दै पुथा उत्तरगङ्गा गाउँपालिका
-
काधुरीद्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण
-
नेसपा र नेकपा एमालेबाट पूर्व माओवादी कमान्डर जितमान पुन र कामी सहित ठुलो संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश
-
नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड जेष्ठ ७ गते रुकुम पूर्व आउदै








