किस्मत शेर्पाली
पुथाउत्तरगंगा गाउँपालिका रूकुम पुर्ब
रूकुम पुर्ब काे पुथाउत्तरगंगा गाउँपालिका वडा नं ९ खारवाङ मा नेकपा माओवादी केन्द्र बात निर्वाचित वडा अध्यक्ष हर्कप्रसाद रोका मगर “भुजेल” ले चुनावी सबै प्रतिबद्धता कार्यान्वय गरिसकेको बताउनु भएको छ । उहाँ २०७९ बैसाख ३० गते भएको निर्वाचन बात निर्वाचित हुनु भएको हो । कडा संघर्ष पछी नेकपा एमाले काे तर्फ बात रवीन्द्र ओली र नेपाली कांग्रेस काे तर्फ बात मदन कुमार रोका लाई ५ पाँच मतले हराउदै नेकपा माओवादी केन्द्र बात विजय हुनुभएको अध्यक्ष हर्कप्रसाद रोका भुजेल ले आफूले राखेका प्रतिबद्धता सबै पूरा भइसकेको बताउनु भएको छ ।
विभिन्न सामाजिक समस्याको बावजुत पनि उहाँले समस्या लाई उजेल्दै कार्यान्वय लाई तिब्र गतिमा अगाडि बढाएको बताउनु भएको हो । आफूले राखेका प्रतिबद्धता सबै सम्बोधन भएको र कति काम हरु भइसकेको छन्।योजना तयार भइसकेको काम पनि विपक्ष पार्टी काे विभिन्न प्रकारका झगडा लाई व्यवस्ता गरी उहाँले निरन्तर रूपमा समाज सेवा लगायत आफ्नो प्रतिबद्धता लाई कार्यान्वयन गरेको बताउनु भएको छ । समाजको आवश्यकता लाई पूर्ति गर्न र सामाजिक समस्याको सामाधान गर्न सरकारमा आएको अध्यक्ष रोका काे भनाई छ।
अध्यक्ष रोका अझै २ वर्ष काे कार्य अवधि मा अझै पनि नयाँ कार्यको थालनी गरी कार्य सम्पादन गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार सामाजिक कार्यलाई निरन्तरता दिनका लागि समस्यालाई झेल्नै पर्छ । तर पनि आफ्नो कर्तव्यलाई नियम बद्ध तरिकाले पालन गरी सामाजिक कार्यलाई जोड दिएको बताउँदै अहिले सम्म गरेको कार्यको संक्षिप्त विवरण बारे जानकारी दिनु भएको हो । अझै पनि कार्य काे सुरुवात गर्न बाँकी छन् । पुथा काे ९ नम्बर वडा भौगोलिक रूपमा विकास काे पहुंच लाई अगाडि बढाउन नसके पनि आफू ले गर्न सके जत्ति काम गरि गरेका कार्य हरुकाे विवरण दिनुभएको छ ।
अध्यक्ष रोका ले मुख्य समस्या पन्जीकरणको थियो । २०७४ मा जितेका जनप्रतिनिधिले जनताको सेवामा काम गर्न ध्यान नदिएर कम्प्युटर पृन्टर बोरामा राखेर स्टोर गरिसकेपछि जनताले पञ्जिकणको काम गर्दा तकमा टाइप गर्ने र चारगाउँ गएर हस्ताक्षर गरी सेवा पाउने अवस्था थियो । सेवाग्रही जनताले साह्रै दुख पाइरहेका थिए तर रोका अध्यक्ष चुनिएपछि उनले सुरुमा नै पन्जीकरणको समस्या हल गर्ने पहल गरि समस्या काे सामाधान पनि भएको वताउनुभयो। अहिले पन्जीकरण सम्बन्धि सबै सेवा खाराबाङ वडा कार्यालयबाट सहज रूपमा प्रवाह भैरहेको उहाँको भनाइ छ ।
वडा अध्यक्ष रोकाको अनुसार अहिले गाउँमा बिद्धुतको समस्या पनि हल भएको छ । पावर हाउस र सायदमा गरि दुई वटा ट्रान्सर्फमर राखिएको छ बिद्धुतमा सहज भएको उहाँको भनाइ छ । बजेट व्यवस्थापन गरिसकिएकाे छ । काम गर्न भने उपभोक्ताहरू मार्फत काम गर्ने भएकोले टेन्डर आव्हान गरि मिटर बक्स लिएर प्रत्येक घरमा जोडेपछी विद्युतको समस्या पनि हल हुने उहाँले बताउनु भएको छ ।
उहाका अनुसार आफू निर्वाचित भएर आएपछि नै वडाको स्वास्थ्य भवन निर्माण गर्नुको साथै वर्थिङ सेन्टर पनि स्थापना गरिएको हो । अहिले सेवाग्राहीलेसहज तरिकाले सेवा प्रवाह गरिराखिएका छन ।
अध्यक्ष रोका का अनुसार यहाँकाे बनपनि कानुनको डायारामा आएको थिएन । तर अहिले आफूले नै समिती दर्ता गरेर उपभोक्ता मार्फत दर्ता समितिले काम गरि राखिएकाे बताउनु भएको छ । हाल वडामा तीन नामक बन उपभोक्ता समिति दर्ता गरिएको छ ।। जसको नाम प्रभुगुफा सामदायिक बन उपभोक्ता समिति, सल्लेरी सामुदायिक बन उपभोक्ता समिती र पातलेबास सामुदायिक बन उपभोक्ता समिति मा दर्ता गरेर काम गर्दै बनलाई व्यवस्थित प्रणालीमा लिएको उहाँको भनाइ छ । वडा अध्यक्ष रोकाका अनुसार बन उपभोक्ताको स्रोतबाट व्यवस्थापन हुने गरि मासिक दस हजार पारिश्रमिक दिएर बनपाले राखिएको छ । बनपालेको काम।बन रेखदेख गर्ने र उपभोक्ता समितिले संचाल गर्ने गरि एउता पनि मिल संचालनमा लिइएको छ । बनको समस्या ठूलो थियो त्यो समस्या हल गर्नको लागि अहिले समाजसँग बसेर सम्बन्धित बनको उपभोक्ताहरूले आवस्यकता अनुसार समस्या समाधान गर्दै आएको छ । वनको आर्थिक पहिलेको वडा सरकारले कानुन विपरीत हस्तलिखित रूपमा असुल गरि आर्थिक रूपमा ठूलो हिनामिना गरेको उहाँले भन्नुभएको छ । उहाँले वडा मा बिर्वाचित हुनु अघि नै खबरदारी गरेको तर आफू निर्वाचित हुने बित्तिकै प्रतिबद्धता अनुसार बनको समस्या पनि समाधान गरेको बताउनु भएको छ ।
भौगोलिक विकता भएको ९ नं वडा निरन्तर प्रयास पछि पनि बाटो काे पहुंच पुर्याउन सकिएको छैन । अब काे यस बर्ष सम्म वडा कार्यालय सम्म बाटोको पहुँच पुर्याउने पहल भएको अध्यक्ष रोका काे भनाइ छ । अध्यक्ष रोकाले सडक पूर्वाधार कार्यालय समन्वय गरी १ करोड बजेट काे सम्झौता भएको बताउनु भयो।सामाजिक कार्य लाई तिब्रता दियता पनि कतिपय कार्य सम्पन्न गरेता पनि कतिपय कार्यलाई अझै संसोधन गरी समाजलाई सहज वातावरण तयार गर्ने अध्यक्ष रोका काे भनाई छ ।।
पहिले विद्यालय भबनहरूपनि जिर्न अवस्था मा थिए । उहाँ निर्वाचित भएर आएपछि ४ कोठे पक्कीभबन समेत निर्माण गरिएको छ । भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा मेरो प्रमुख उदेश्य भएकोले त्यसैमा केन्द्रित भएर लागिरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी क्रिश्चियन धर्मावलम्बीहरूको लागि अवस्यक पूर्वाधार सभाहल प्रदेशमा बजेटकाे पहल गर निर्माण, डाँडागाउँ मैभानीथानदेखी प्रभुगुफा हुँदै रातोदहसम्म पर्यटन पदमार्ग निर्माण गरीएको छ । यो पर्यटन पदमार्ग लालपाटन हुँदै डोल्पाजाने पदमार्ग भएको उहाँले बताउनुभयो।।
अब निरन्तर रूपमा वडा ले गर्ने पहल कदमी गरी यस उपनिर्वाचन पछि लगतै सम्झौता भएका र गर्न बाँकी रहेका काम लाई ध्यानाकर्षन गरी कार्यलाई जोड दिने उहाँको भनाई छ । तर समाज मा थुप्रै खालका समस्या हरु आएका छन् आएता पनि समस्याको समाधान गर्दै बाँकी २ वर्ष जनताकै सेवा मा खटिने वडा अध्यक्ष हर्कप्रसाद रोका ‘ भुजेल ‘ बताउनु भएको छ ।।








