रुकुम पूर्व पुथाउत्तरङ्गा गाउँपालिका-७ जाङमा नेकपा माओवादी केन्द्रको हर्षोउल्लासका साथ भव्य कार्यक्रम भएको छ । आज आइबार जाङमा माओवादी केन्द्रको चुनावी कार्यक्रम भव्य भएको हो ।
अधुरो विकास निर्माणका काम गर्ने उपाध्यक्षका उम्मेद्वार नरपुरा बुढा पुनले बताउनुभयो । पुथाउत्तरङ्गाका सवै वडाको सन्तुलित विकास निर्माणमा जोड दिने उम्मेदवार बुढा पुनले प्रतिवद्धता जनाउनुभयो । काँग्रेस, एमालेका उम्मेदवारमा कुनै पनि योजना, भिजन नभएको उहाँले बताउनुभयो । योजना र भिजन भएको माओवादी रहेकोले आफुलाइ अत्याधिक मत दिएर विजय गर्नु हुन बुढा पुनले अपिल गर्नुभयो ।
पुथाउत्तरङ्गाको विकासमा माओवादीले गरिरहेको माओवादी केन्द्रका बैकल्पिल केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठले बताउनुभयो । सडकमा केही ढिलोसुस्ती भइरहेको छ त्यो ठेकेदारको लापरबाही भइरहेको श्रेष्ठले बताउनुभयो । समग्र विकास गर्नमा माओवादी केन्द्रका निर्वाचित जनप्रतिनिधिले बजेट थुपारिराख्नुभएको तर ठेकेदारले समयमै काम गर्न नसक्दा विकासमा ढिलोसुस्ती भइरहेको उहाँले बताउनुभयो । बारम्बार ठेकेदारलाइ ताकेता गरिराखेको उहाँले बताउनुभयो । र अब फेरि माओवादीका उम्मेदवारको विजय भएर गाउँपालिकाको विकासमा थप तिव्रता पाउने उहाँले बताउनुभयो । काम गर्ने माओवादी हो अरु पार्टीले माओवादी केन्द्रले विकास गरेको विकासमा हामी गरेका हौं भनी भ्रम मात्र छर्ने गरेको श्रेष्ठले बताउनुभयो ।
एमाले, काँग्रेसले अब हार खाइ सकेको सुबोधराज शेर्पालीले बताउनुभयो । शेर्पालीले भन्नुभयो काँग्रेस, एमालेहरु निरास हुनुको कारण धेरै छ । एमालेको आफ्नो चुनाव चिन्ह छैन, काँग्रेसको फेरि आफ्नो पार्टीको उम्मेदवार मान्छे छैन । त्यसले काँग्रेस, एमाले पुरै निरास भइसकेका छन । निरास भएका पार्टीका उम्मेदवारलाई बोट दिनु भनेको आफ्नो मत खेर जानू हो । निरास पार्टीले कसरी काम गर्न सक्छन त्यसैले ढुक्क भएर हर्षोउल्लासका साथ माओवादीलाई अत्याधिक मत दिई विजय गर्न उहाले आग्रह गर्नुभयो । औपचारिक रुपमा निर्वाचन आयोगले माओवादीलाई विजय घोषणा गर्न बाकी रहेको तर अनौपचारिक रुपमा माओवादी केन्द्रको विजय भइसकेको उहाले बताउनुभयो ।
माओवादी केन्द्रको विजयमा भए मात्र देश, गाउँ ठाउँको विकास हुने भएको आम जनताले विश्वास लिइ सकेको माओवादी केन्द्रका स्थायी समिति सदस्य कमला रोकाले बताउनुभयो । विगतको जस्तै हर्षका साथ माओवादीलाई बोट दिन रोकाले अपिल गर्नुभयो । मत दिने जनताको काम र विकास गर्ने काम माओवादीबाट निर्वाचित जनप्रतिनिधिको रहेको रोकाले बताउनुभयो । पार्टीमा आअफ्नो आस्था होला र रोज्ने अधिकार छ तर सहि पार्टीको मान्छेलाई मत दिई आफ्नो गाउँ घरको समृद्धी सोचेर मत माओवादी केन्द्रलाई दिन रोकाले अपिल गर्नुभयो । माओवादीलाइ विजय गराए मात्र रोजगारको सिर्जना, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातायात गाउँगाउँमा सहज पहुचको विकास हुने रोकाले बताउनुभयो । काँग्रेसको मान्छे हराएका, एमालेको चुनाव चिन्ह हराएकालाइ मत नदिन रोकाले अपिल गर्नुभयो । काँग्रेस, एमालेको पहिचान हराइ सकेको रोकाले बताउनुभयो । काँग्रेस, एमाले कमजोर भइसकेकोले उनिहरु गठबन्धन गर्न पुगेको रोकाले बताउनुभयो ।
गाउँपालिकाको विकासको लागि माओवादी केन्द्रलाई विजय गराउनुपर्ने लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले बताउनुभयो । त्यसैले माओवादी केन्द्रका उम्मेदवारलाई बोट दिनु पर्ने सांसद बुढाले बताउनुभयो । यदि माओवादी केन्द्रका उम्मेदवारलाई पुथाउत्तरङ्गाको विकास गर्नेको निम्ति माओवादी केन्द्रलाई बोट दिनु पर्ने बुढाको भनाइ रहेको थियो ।
जाङमा भएको माओवादी केन्द्रको चुनावी सभामा पार्टी का वरिष्ठ सदस्य बलमान घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्थायी समिति सदस्य कमला रोका, विशेष अतिथिमा केन्द्रिय सदस्य सुबोधराज शेर्पालि, बैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ, प्रदेश सदस्य तिर्था पुन, लुम्बिनी प्रदेशका सांसद दिलकुमारी बुढा, उपाध्यक्षका उम्मेदवार नरपुरा बुढा पुन लगायत माओवादीका कार्यकर्ताको उपस्थित रहेकोमा कार्यक्रमको सन्चालन प्रदेश सदस्य जीवन केसिले गर्नुभएको थियो ।








