पुथा उत्तरगङ्गाको उप निर्वाचनमा उपाध्यक्ष पदको लागि ७ र वडाध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी


रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा राजनीतिक दलसँगै स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पद र वडा नं. २ को  वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । जसमा उपाध्यक्ष पदमा ७ जना र वडाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका लागि नरपुरा बुढा पुन, काँग्रेस र एमालेको गठबन्धनबाट एमालेका केशकुमारी तुलाचनले काँग्रेसको चुनाव चिन्हमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीबाट सुनिता बुढामगर, स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार बिक गरी उपाध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गर्नु भएको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी २ नम्बर वडाध्यक्ष पदमा माओवादी केन्द्रबाट जगत घर्तीमगर (काजु), काँग्रेस र एमालेको गठबन्धनबाट एमालेका जीवन रोका र स्वतन्त्रबाट शुकराज बिकले उम्मेदवारी दर्ता गर्नु भएको सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार