रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ तुँपामा स्वच्छ बाताबरण मैत्री टोल घोषणाको लागि स्थलगत अनुगमन सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको प्रमुख अतिथि र पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भुपेन्द्रा बुढाको अध्यक्षतामा स्थलगत अनुगमन सम्पन्न भएको हो । यू.एम.एन. रुकुम पूर्व कलस्तर टिम लिडर शिव अधिकारी, यू.एम.एन. रुकुम पूर्व कलस्तर परियोजना व्यवस्थापक सुरज सोनार, पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ वडा अध्यक्ष बिरमान कामी, २ नं. वडा अध्यक्ष जस बहादुर श्रीपाली, ३ नं. वडा अध्यक्ष बम बहादुर बुढा मगर, ४ नं. वडा अध्यक्ष सुर बहादुर बि क, ११ नं. वडा अध्यक्ष कुमार सिंह, कार्यपालिका सदस्य राजकुमार सुनार, यू.एम.एन. रुकुम पूर्व कलष्टर र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो बाताबरण तथा आर्थिक विकास (सीड) परियोजना संयोजक उत्तम बि.क लगायतको उपस्थितिमा स्थलगत अनुगमन सम्पन्न भएको हो ।
यू.एम. एन. रुकुम पूर्व कलष्टर र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो बाताबरण तथा आर्थिक विकास (सीड) परियोजनाद्वारा गठित प्रगतिशील दिदिबहिनी कृषक समुहले स्वच्छ बाताबरण मैत्री टोल घोषणा गर्न विभिन्न कार्योजना निर्माण गरि काम गरिरहेका छन । उक्त समुहले स्वच्छ बाताबरण मैत्री टोल घोषणा गर्न आवश्यक सूचकहरु तय भएको छ छैन भनी स्थलगत अनुगमन गरिएको हो ।








