रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा सञ्चालन गरेको अन्तर विद्यालय माध्यमिक स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । हिजो गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको अध्यक्षतामा सञ्चालन भएको अतिरिक्त क्रियाकलाप आज गणतन्त्र दिवसको दिन सम्पन्न भएको हो । अतिरिक्त क्रियाकलाप पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजना र यू एम एन र मिक नेपालको समन्वयमा सञ्चालन भएको थियो । विद्यार्थीको बौद्धिक क्षमता विकास गर्न सञ्चालन भएको क्रियाकलापमा अङ्ग्रेजी हिज्जे, हाजिरजवाफ र वक्तृत्वकला प्रतियोगिता प्रतिस्पर्धा भएको थियोे । प्रतिस्पर्धी विद्यालयहरु मध्य अङ्ग्रेजी हिज्जे तर्फ पर्वत मा वि कोल प्रथम, महेन्द्र मा वि तकसेरा द्वतीय र जनज्योति मा वि जाङ तृतीय भएका छन । यस्तै हाजिरजवाफ तर्फ महेन्द्र मा वि तकसेरा प्रथम, देउराली मा वि हुकाम द्वितीय, जनज्योति मा वि जाङ तृतीय र पर्वत मा वि कोल सान्त्वना भएका छन भने वक्तृत्वकला तर्फ महेन्द्र मा वि तकसेराबाट सामाना पुन मगर प्रथम, पर्वत मा वि कोलबाट विपना दर्जी द्वितीय, जनज्योति मा वि जाङबाट पुर्णिमा घर्ती तृतीय र महेन्द्र मा वि तकसेराबाट गौरव के सी सान्त्वना भएका छन ।
गणतन्त्र दिवसको अवसरमा पुथा उत्तरगङ्गा गाउँपालिका द्वारा सञ्चालित माद्यामिक विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
-
-
पुथा उत्तरगङ्गा गाउँपालिकामा विज्ञान प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न
-
रुकुम पुर्व/तकसेराको राष्ट्रिय खेलकुद अन्तिम चरणमा
-
पुथा उत्तरगङ्गा गाउँपालिकाको आ.व. २०८१।०८२ को वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
-
पुथा उत्तरगङ्गा गाउँपालिकाले लियो आ.व. २०८२।०८३ को वार्षिक बजेट, कुल ६६ करोड ३६ लाख विनियोजन
-
“भूमे पर्व हाम्रो पहिचान, संरक्षन र पुस्तान्तरणमा हाम्रो अभियान” भन्ने नारा सहित ४४ औं कार्यपालिकाको पहिलो बैठक सम्पन्न
-
पालिका भरका विद्यालयमा एउटै पिटी प्राथानाको अभ्यास गर्दै पुथा उत्तरगङ्गा गाउँपालिका
-
काधुरीद्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण
-
नेसपा र नेकपा एमालेबाट पूर्व माओवादी कमान्डर जितमान पुन र कामी सहित ठुलो संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश
-
नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड जेष्ठ ७ गते रुकुम पूर्व आउदै









