गणतन्त्रको अवसरमा पुथा उत्तरगङ्गा गाउँपालिका द्धारा  अतिरिक्त क्रियाकलाप सञ्चालन 


रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकालमा गणतन्त्र स्थापनाको अवसरमा अन्तर विद्यालय माध्यमिक स्तरको अतिरिक्त क्रियाकलाप सञ्चालन भएको छ । आज १४ गते उद्घाटन गरि भोलि जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन समापन गर्ने गरि अतिरिक्त क्रियाकलापको सञ्चालन भएको हो । उक्त कार्यक्रम पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजना र यु एम एन र मिक नेपालको समन्वयमा सञ्चालन भएको हो ।

गणतान्त्रिक नेपालको स्थापनाका खातिर गाउँगाउँमै सिहं दरबारको अनुभुती गर्न सक्ने अवस्था आएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो । अतिरिक्त क्रियाकलापको अध्यक्षता गर्दै संघीय गणतन्त्र स्थापना भन्दा पहिले झिनामसिना काममा पनि सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको अध्यक्ष घर्तीले स्मरण गर्नुभयो । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका हजारौं सहिदहरुलाई सम्मान गर्दै संघीय गणतन्त्र पछि विकास निर्माण देखि अन्य क्षेत्रमा पनि सुधार हुदै गएको अध्यक्ष घर्तीले बताउनुभयो । विद्यार्थीको ज्ञान क्षमता अभिवृद्धिका निम्ति अतिरिक्त क्रियाकलापको आयोजना गरेको अध्यक्ष घर्तिले बताउनुभयो ।

सञ्चालित अतिरिक्त क्रियाकलापमा हाजिर जवाफ, अङ्ग्रेजी हिज्जे र वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने छन । अतिरिक्त क्रियाकलाप पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तिको अध्यक्षमा उद्घाटन भएको थियोे भने नि . प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले स्वागत मन्तव्य दिएको कार्यक्रमको सञ्चालन महेन्द्र मा. वि.का शिक्षक नवराज बिकले गर्नुभएको थियोे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार