पुथा उत्तरगङ्गा गाउँपालिका १० मा बजार व्यवस्थापन समिति गठन


रुकुम पूर्व  पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० मा बजार व्यवस्थापन समिति गठन भएको छ। वडाको समन्वय तथा यू एमएन रुकुम कलष्टर र मिक नेपालीको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास सीड परियोजना अन्तर्गत बजार व्यवस्थापन समित गठन भएको हो ।

पुथा उत्तरगङ्गा गाउँपालिका केन्द्र तथा गाउँपालिकाको वडा नं. १० मा सञ्चालन भएका व्यवसायीहरुको हक हितका निम्ति बजार व्यवस्थापन समिति गठनको हो । जसमा देवप्रसाद रोकाको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन भएको थियो । जसको उपाध्यक्ष मनकुमारी रोका, सचिवमा रामकुमार रसाइली, कोषाध्यक्षमा बिजुली बुढा र सम्पूर्ण व्यवसायीहरु सदस्य रहनुभएको छ । भने सल्लाहकार समितिमा पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष भरत बुढा, नेपाल पत्रकार महासंघ रुकुम पूर्व शाखाका अध्यक्ष मैत्या घर्ती मगर, दिगो बाताबरण तथा आर्थिक विकास परियोजना संयोजक उत्तम बि क रहनुभएको छ ।

यस्तै नव गठित बजार व्यवस्थापन समितिको पहिलो बैठक पनि सम्पन्न भएको छ । सम्पन्न पहिलो बैठकले बजार क्षेत्रमा प्रत्येक शनिबार सरसफाइ गर्ने र दर्ता बिना सञ्चालन भइरहेका व्यवसायीहरुलाई दर्ता प्रकृया अगाडि बढाउन जानकारी दिने जस्ता निर्णय भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार