
बिरप्रताप बुदामगर (बिर्खे)
३० असोज २०७९
समाज सेवा तथा सामाजिक विकासका लागि स्थापना गरिएको श्री जनसेवा युवा कल्ब पुथा उतरगंगा गा.पा.१० बाच्छीगाँउ, रुकुम पुर्वले स्थानीय स्तरमा रहेका कला, संस्कार, संस्कृति, परम्पराकाे जगेर्ना तथा खेलाडीहरुकाे खेल प्रति आत्मबल वृद्धि विकासका लागि “खेल स्वास्थकाे लागि, खेलाडी राष्ट्रका लागि” भन्ने मुल नाराका साथ पुथा उतरगंगा गाउँपालिकाकाे उपाध्यक्ष भुपेन्द्रा बुदा मगरकाे प्रमुख अातिथ्यामा घटस्थापना पछिकाे नवाैं दिन अर्थात २०७९ असाेज १८ गतेकाे दिन अाैपचारीक रुपमा खुल्ला महिला तथा पुरुष भलिबल, फुटबल,ब्याम्बाे रेस (बाँस चड्ने), नृत्य तथा विविध साँस्कृतिक कार्यक्रमकाे उध्दघाटन गरिएको थियो । बर्षादले खेल र साँस्कृतिक कार्यक्रम धेरै लम्बिएको थियोे ।
साे कार्यक्रम आज पुथा उतरगंगा गाउँपालिकाकाे अध्यक्ष पुनिराज घर्तीमगरकाे प्रमुख अातिथ्या र पुर्व भुमे गाउँपालिका अध्यक्ष रामसुर बुदामगरकाे विशेष उपस्थिति रहेको समापन कार्यक्रममा विभिन्न संघ संस्था तथा राजनीति दलका पाटीप्रतिनिधि, बुद्धिजीवी, सहयोगी दाता तथा खेल प्रेमी खेलाडीहरुकाे उपस्थिति रहेको थियोे । विभिन्न विधामा भएको खेलकुद तथा साँस्कृतिक प्रतियोगितामा विजयी भएका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । खेलकुद तर्फ खुल्ला पुरुष तथा महिला भलिबल र फुटबल खेल, खुल्ला बाँस चड्ने खेल र साँस्कृतिक तर्फ एकल नृत्य प्रतियोगिता सञ्चालन गरिएको हो । पुरुष भलिबल प्रतियोगितामा जम्मा २६ समुहले सहभागीता जनाएको थियोे । प्रतियोगितामा सहभागी खेलाडी मध्य निसिखाेला ५, बागलुङ प्रथम, संगम समाजसेवा युवा कल्ब गर्खानि पुथा उतरगंगा गापा १२ दाेस्राे र धुपीसल्ला युवा बल्ब लुकुम भुमे गापाले तेस्रो स्थान हासिल गरि क्रमश नगद पुरस्कार रु.५०, ३० र २० हजारकाे साथमा सिल्ड मेड्ल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
साथै महिला भलिबल प्रतियोगितामा १६ समुहले सहभागी भएका थिए त्यस मध्य सृजनशील दाेभान युवा कल्ब चारगाउँ पुथा उतरगंगा गापा प्रथम, जनसेवा युवा कल्ब बाच्छीगाउँ “D आयाेजक समुहले दाेस्राे र नर्सिङ हिमाल युवा कल्ब तकसेरा पुथा उतरगंगा गापा १० ले तेस्रो स्थान हासिल गरि क्रमश नगद पुरस्कार रु.३०, २० र १० हजारकाे साथमा सिल्ड, मेड्ल र प्रामाणपत्र प्राप्त गरेका छन । पुरुष फुटबल तर्फ जम्मा ३२ समुह सहभागी भएकोमा खामे बगाल तकसेराले प्रथम विजेता भएर नगद पुरस्कार रु.३० हजारकाे साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने धुपीसल्ला युवा कल्ब लुकुम भुमे गापा उपविजेता भएर नगद पुरस्कार रु.२० हजारकाे साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । महिला फुटबल प्रतियोगितामा १२ समुह सहभागी भएका मध्य जनसेवा युवा कल्ब बाच्छीगाउँ आयाेजक समुहले विजेता भएर खाम बन्दी नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन ।
साँस्कृतिक कार्यक्रम नृत्य प्रतियोगितामा छजनाले सहभागीता जनाएका थिए जसमा अासा गुरुङ प्रथम, सपना पुनमगर दाेस्राे र धनिमाला बुदामगर तेस्रो स्थान हासिल गरि नगद पुरस्कार क्रमशः पाँच, तीन र दुई हजारकाे साथमा प्रमाणपत्र प्राप्त गरेकाे कार्यक्रम सञ्चालक सिखर पुनमगरले जनाएका छन । देवता हेर्न पर्वमा आउने तीर्थालु भक्तजन तथा मेला हेर्न आउनु हुने दर्शक तथा खेलाडीहरुले मेलाको आचारसंहिता पालना गरि मेलाको शाेभा बदाई दिएकोमा अाम दर्शक र खेलाडी प्रति धन्यवाद प्रकट गर्दै, कार्यक्रम आयोजना गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुमा धन्यवाद ब्याक्त गर्दै आगामी दिनहरुमा सहयोगी दाताहरूमा सहयोगकाे अपेक्षा राख्दै जनसेवा युवा कल्बका अध्यक्ष आवेग पुनमगरले अाैपचारिक रुपमा कार्यक्रम समापन गर्नु भएको थियोे ।








