पुथा उत्तरगङ्गा गाउँपालिकाले लियो आ.व. २०८२।०८३ को वार्षिक बजेट, कुल ६६ करोड ३६ लाख विनियोजन


रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट प्रस्तुत भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक नरपुरा बुढा पुनले गाउँपालिकाको दोस्रो गाउँसभाको २० ‍औं अधिवेशनमा बजेट  प्रस्तुत गर्नुभएको थियो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको २० औं अधिवेशनमा प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा करिब  ९ करोड बढी रहेको छ । चालु आर्थिक वर्षको बजेट ५७ करोड २६ लाख रहेकोमा आगामी आर्थिक वर्षको बजेट ६६ करोड ३६ लाख प्रस्तुत भएको हो । ६६ करोड ३६ लाखको बजेटमा चालु तर्फ ३७ करोड १९ लाख र पूँजीगत तर्फ २९ करोड १४ लाखको बजेट प्रस्तुत भएको थियो ।

आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम भौतिक पूर्वाधार तर्फ जोड दिइएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार यो वर्ष गौरवको आयोनाको रुपमा गाउँपालिका भित्र ३ ठाउँमा बिलिब्रिज पुल निर्माण लाई राखिएको छ । संघीय सरकार, प्रदेश सरकारलाई पटकपटक मोटरेबल पुल माग गरेपनि व्यवास्ता भएपछि गाउँपालिका बाटनै पुल निर्माणको लागि बजेट विनियोजन गरिएको अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिकाबाट तकसेरा जोड्ने नदि, डिमुगैरा हालबाङ जोड्ने नदि हुकाम मैकोट जोड्ने नदिलाई र तत्कालै गर्नुपर्ने विकास निर्माणका काम लाई प्राथामितामा राखेर लागि बजेट विनियोजन गरेको अध्यक्ष घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार ती ३ ठाउँमा पुल बने १२ महिना सवारी साधन आवटजावट गर्न सहज हुने छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको नीति तथा कार्यक्रम र वार्षिक वजेटले गाउँपालिकाको समृद्धिको बाटो तय गरेको पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क.ले बताउनुभयो । गाउँपालिकाको हालै प्रस्तुत बजेट साँच्चिकै उत्कृष्ट र यथार्थपरक रहेको अधिकृत वि.क. बताउनुभयो । अधिकृत वि.क. का अनुसार गाउँपालिकाको बजेट दिगो विकास, जनताको आवश्यकता र समग्र समृद्धिलाई लक्ष राखेर निर्माण गरिएको छ । भौतिक पूर्वाधार निर्माणमा जोड दिन चालु खर्च कटौती गर्दै पूँजीगत खर्चलाई प्राथामिकतामा राखि बजेट निर्माण भएको अधिकृत वि.क.ले बताउनुभयो । उँहाले बताउनुभइयो । साथै गाउँपालिकाको आ.व. २०८२।०८३ को नीति तथा कार्यक्रम बजेटले कर्मचारीको मनोबल छ । प्रमुख प्रशासकीय अधिकृतले समृद्ध गाउँपालिका निर्माण गर्न सबैको साझा सपना रहेकोले नीति, कार्यक्रम र बजेट कार्यन्वयनमा जिम्मेवारीका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार