“भूमे पर्व हाम्रो पहिचान, संरक्षन र पुस्तान्तरणमा हाम्रो अभियान” भन्ने नारा सहित ४४ औं कार्यपालिकाको पहिलो बैठक सम्पन्न


भूमे पर्व हाम्रो पहिचान, संरक्षन र पुस्तान्तरणमा हाम्रो अभियान” भन्ने नारा सहित पुथा उत्तरगङ्गा गाउँपालिकाको ४४ औं कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । भूमे पर्वलाई लक्षित गरि कार्यपालिका बैठक बसेको हो । गाउँपालिकाले परम्परागत शैली भन्दा फरक ढङ्गले खुल्ला मञ्चमा बैठकको आयोजना गरेको थियोे । यस्तै बैठकमा कार्यपालिका अध्यक्ष सहित सम्पूर्ण सदस्यलाई भूमे पोसाकमा देख्न सकिन्थ्यो ।

फरक शैलीबाट खुल्ला मञ्चमा बसेको कार्यपालिका बैठक स्थानीय सरकार , समुदाय र संस्कृतिबीचको गहिरो सहकार्य र समझदारीको प्रतीक बनेको पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सदस्य सचिव ध्रुव वि.क. ले बताउनुभयो ।

परम्परागत संस्कार संस्कृतिको संरक्षण, सम्बर्द्धन र पुस्तान्तरण गर्न सबैजना लाग्नु पर्ने पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तिले बताउनुभयो । पछिल्लो समय नयाँ पुस्ताले परम्परागत संस्कार संस्कृति बिर्सिदै गएकोमा अध्यक्ष घर्तीले चिन्ता ब्यक्त गर्नुभयो । भूमे पर्वको अवसर पारेर बसेको कार्यपालिका बैठकबाट संस्कार संस्कृति र भेषभुषा सम्बन्धी सन्देश दिन सबै कार्यपालिका सदस्यलाई भूमे पोसाकमा उपस्थित हुन भनिएको अध्यक्ष घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीले पर्यटन प्रवर्द्धन तथा परम्परागत संस्कार संस्कृतिको प्रचार प्रसारका निम्ति खुल्ला मञ्चमै भूमे पोसाकमा बैठकको आयोजना गरेको बताउनुभयो ।

भूमे पर्व लक्षित पुथा उत्तरगङ्गा गाउँपालिकाको ४४ औं कार्यपालिकाका बैठकले संस्कार संस्कृतिको सरक्षण, सम्बर्द्धन र पर्यटन सम्बन्धि महत्त्वपूर्ण निर्णय गरेको पुथा उत्तरगङ्गा गाउँपालिका प्रवक्ता टिकासाई घर्तीले बताउनुभयो । यस्तै पर्यटकी दृष्टिले अत्यन्तै सम्भावना रहेको तक गाउँलाई जीवित नै राख्न गाउँपालिकाले जीवित संग्रहालय घोषणा गरे पश्चचात करिब ३ करोड बजेट विनियोजन भएको प्रवक्ता घर्तीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार