नेसपा र नेकपा एमालेबाट पूर्व माओवादी कमान्डर जितमान पुन र कामी सहित ठुलो संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश


नेकपा माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टी नेसपाका निवर्तमान केन्द्रिय सदस्य जितमान पुन क.मार्सल र नेकपा एमालेका निवर्तमान प्रदेश सदस्य उपेन्द्रलाल कामी सहित नेसपा र एमालेका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । पुन र कामी यसअघि नेकपा माओवादी बाट फुटेर डा. बावुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति हुदैँ पुन नेपाल समाजवादी र कामी नेकपा एमालेमा हुनुहुन्थ्यो । रुकुम पूर्वमा आज सम्पन्न भएको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गतको जनसंवाद कार्यक्रममा नेसपाका निवर्तमान केन्द्रिय सदस्य मार्सल र एमालेका निवर्तमान प्रदेश सदस्य कामी सहित नेसपाको सिङ्गै र एमालेका केहि नेताकार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो ।

विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु हुनेलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल क.प्रचण्ड ले फुलमाला लगाएर पार्टीमा स्वागत गर्नु भएको छ । नेसपाको सिंगो रुकुम पूर्व जिल्ला कमिटी नै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । नेसपाका केन्द्रिय सदस्य जितमान पुन सहित जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथी बहादुर घर्तीमगर, जिल्ला सदस्यहरु फर्कबहादुर घर्ती, कबराज कामी, कालिबहादुर रोका, कर्मधन गुरुङ, अबिन घले लगायतले नेकपा माओवादी केन्द्र प्रवेश गर्नु भएको छ यस्तै नेसपाकै  पुथा उत्तरगंगा गाउँसमितिका संयोजक धर्मटेक घर्ती, उपाध्यक्ष भागिमान घर्ती, सचिव आशिष घर्ती सदस्यहरु विरभान घर्ती, अशोक घर्ती, रवित बुढा र सलिना घर्ती लगायत नेताकार्यकर्ताले माओवादी केन्द्रका प्रवेश गर्नु भएको छ ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रलाई समर्थन गर्नेको संख्या बढेको अवस्थामा रुकुम पूर्व आफैमा क्रान्तिको किल्ला रहेको नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल ढाहालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार