रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल ढाहाल प्रचण्ड आउने भएका छन । यहि जेष्ठको ७ गते पूर्व प्रधानमन्त्री आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले आज पत्रकार सम्मेलन मार्फत जानकारी गरेको छ ।
नेकपा माओवादी केन्द्रले तराई मधेश जनतासँग माओवादी जागर अभियान पछि मध्यपहाडी लोकमार्ग जनता सँग माओवादी जागरण अभियाम गरीरहेको छ । सोही जागरण अभियान अन्तर्गत नै रुकुम पूर्वको रुकुमकोटमा जेष्ठ ७ गतेको जनसम्वाद कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड आउन लागेको नेकपा माओवादी केन्द्र रुकुम पूर्वका संयोजक कुमारी बरालले बताउनुभयो । संयोजक बरालका अनुसार जेष्ठ ७ गते बिहान ८ बजे देखि ९ बजे सम्म स्वागत कार्यक्रम, ९ बजे देखि ११ बजे सम्म सहिद तथा व्यपत्ता परिवार र अपाङ्ग व्यक्तिहरुसँग अन्तरक्रिया र १२ बजे देखि छिप्रिदहमा जनसम्वाद कार्यक्रमको कार्यतालिका रहेको छ ।
रुकुम पूर्व माओवादीले थालनी गरेको १० वर्षे जनयुद्धको उद्घम ठलो समेट रहेको मा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आउदा आमसभा नै राख्ने तयारी भएता पनि समयको अभावले जनसम्वाद कार्यक्रम मात्र राखेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुकुम पूर्व पार्टी इन्चार्ज तेज बहादुर ओलीले बताउनुभयो । अव लगतै जेष्ठ १५ गते देखि नेपाल सरकारको बजेट अधिवेशन हुने भएकोले समय व्यवस्थापन गर्न नसकेकै कारणले आमसभा गर्न नसकिएको इन्चार्ज ओलीले बताउनुभयो । इन्चार्ज ओलीका अनुसार वर्खा पछिको समय व्यस्थापन गरेर रुकुम पूर्वमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा आम सभा गर्ने तयारी रहेको छ ।









