पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधी देउराली मावि हुकामलाई


रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड देउराली मावि हुकामले हात पारेको छ । गत वर्ष सञ्चालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड हात पारेको देउराली मावि हुकामले यो वर्षपनि शिल्ड हात पारेको हो ।

फागुन १ गते उद्घाटन भएको पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड आज सम्पन्न भएको पुथा उत्तरगङ्गा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो । शाखा प्रमुख खड्काका अनुसार गाउँपालिकाका ८ वटा मावि बिच भएको प्रतिस्पर्धामा देउराली मावि हुकामले विभिन्न विद्यामा १२ स्वर्ण ५ रजत र ४ कास्य पदकहरु हात पार्दै शिल्ड जित्न सफल भएको हो । यस्तै महेन्द्र मावि तकसेराले ६ स्वर्ण ५ रजत र ६ कास्य हात पार्दै द्वितीय र पर्वत मावि कोलले ६ स्वर्ण २ रजत र १० कास्य पदक सहित तृतीय भएको प्रमुख खड्काले बताउनु भयो । साथै अन्य विद्यालयले क्रमशः पुथा हिमालय मावि मैकोटले २ स्वर्ण १३ रजत र ३ कास्य, आदर्श मावि खाराबाङले २ स्वर्ण र १ कास्य, सिद्धमण्डली मावि राङ्सीले १ स्वर्ण २ रजत र २ कास्य, जनज्योति मावि जाङले १ स्वर्ण १ रजत र १ कास्य र जनसहयोग मावि रिवाङचौरले २ रजत ३ कास्य पदक जित्न सफल भएको खड्काले बताउनुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डबाट छनोट भई जिल्ला स्तरीय रनिङ शिल्डमा स्वर्ण पदक जित्ने खेलाडीलाई छात्रवृत्तीको व्यवस्था गर्ने पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले बताउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउने विद्यार्थीलाई विशेष छात्रवृत्तीको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले बताउनु भएको हो । गाउँपालिकालाई शिक्षा क्षेत्र सँगसँगै खेल क्षेत्रमा पनि नमुना गाउँपालिका बनाउन अधिकृत वि.क. जोड रहेको छ ।

विद्यार्थीले खेल सँगसँगै अध्ययनमा पनि गर्नु पर्ने पुथा उत्तरगङ्गा गाउँपालिका सामाजिक विकास समिति संयोजक टिकासाई घर्तीले बताउनुभयो । खेल निश्चत उमेर र समय सम्म मात्र रहने तर शिक्षा आफु जिवीत रहदा सम्म काम लाग्ने भएकोले आफ्नो पढाईमा पनि ध्यान नदिनु पर्ने संयोजक घर्ति मगरले  बताउनुभयो ।

फागुन १ गते पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तिको अध्यक्षतामा लुम्बिनि प्रदेश सभा सदस्य सुरुल पुनको विशेष अतिथिमा उद्घाटन भएको पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड फागुन ५ गते पुथा उत्तरगङ्गा गाउँपालिका सामाजिक विकास समिति संयोजक टिकासाई घर्तिको अध्यक्षतामा समापन भएको थियो भने समापन कार्यक्रमको सञ्चालन छैटौं राष्ट्रपति रनिङ शिल्ड २०८१ सञ्चालन समिति संयोजक नवराज वि.क. ले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार