रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छेटौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० स्थित प्रवेश रामजी खुल्ला मञ्चमा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले ब्यानर पढेर शिल्डको उद्घाटन भएको हो ।
शिल्ड उद्घाटन कार्यक्रममा लुम्बुनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख अतिथि, रुकुम पूर्व जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष अतिथि, पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुन, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतम, सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाक्षेत्री, लुम्बिनी प्रदेश खेलकुद परिषद बोर्ड सदस्य हरि थापा, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको अतिथित्या रहेको थियो ।
शिल्डमा पुथा उत्तरगङ्गा गाउँपालिकाका ८ वटै माविको सहभागी रहेको पुथा उत्तरगङ्गा गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो खड्काका अनुसार आज उद्घाटन भएको रनिङ शिल्ड ३ गते सम्ममा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष तथा राष्टपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिका संयोजक पुनिराज घर्तिको अध्यक्षतामा उद्घाटन भएको रनिङ शिल्डको स्वागत मन्तव्य पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले गर्नुभएको थियो ।









