रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० स्थित तकसेरा गाउँलाई जिवित संग्रहालय बनाउन लाग्ने पूर्व उद्योग तथा आपूर्ति मन्त्री तथा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य गणेशमान पुनले बताउनुभयो । मंसिर १६ मा हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदको उप निर्वाचनको नेकपा माओवादी केन्द्रको चुनावी जन सभालाई सम्बोधन गर्दै मन्त्री पुनले तकसेरा एक ऐतिहासिक गाउँ रहेको बताउनुभयो ।
सिङ्गो रुकुम जिल्लाको विकास निर्माण माओवादीको ठूलो भुमिका रहेको मन्त्री पुनले बताउनुभयो । तकसेरामा हेलिकप्टर मार्फत डोजर झारेर बाटो खन्ने देखि लिएर सहिद मार्गलाई विस्तार गरेर मैकोट पुर्याउनुमा माओवादी कै भुमिका रहेको मन्त्री पुनले बताउनुभयो । विगतमा ४/५ दिनको बाटो हिडेर नुन बोक्ने परिस्थितिलाई नेकपा माओवादी केन्द्रको पहल बाट आज घरआगनमै सेवा सुविधा लिने अवस्था आएको पुनले बताउनुभयो ।
पुथा उत्तरगङ्गा गाउँपालिकाको समृद्धिका लागि नेकपा माओवादी केन्द्रको विकल्प नरहेकोले नरपुरा बुढा पुनलाई अत्यधिक मतले बिजय बनाउनु मन्त्री पुनले मतदातासँग अपिल गर्नुभयो ।
भाद्र २८ गते बाग्लुङ भुङखानीमा भएको जीप दुर्घटनामा परेर पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नं. २ का वडा अध्यक्षको निधन भएकोले पुथा उत्तरगङ्गामा उप निर्वाचन हुँदै छ । पुथा उत्तरगङ्गा गाउँपालिकको वडा नं. २ को वडा अध्यक्षको यश अघि नै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादीको तीन दलीय गठबन्धनबाट केशकुमारी तुलाचन उम्मेदवार रहेका छन र नेकपा माओवादी र एकीकृत समाजवादी को तर्फबाट नरपुरा बुढा पुन चुनावी मैदानमा उत्रिएका छन ।









